३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

पहिलो पटक आयोजित स्काईवेल पाईलट समिट सम्पन्न


१० बैशाख २०८२, बुधबार  



हवाई सेवा संचारका क्षेत्रमा बनाईने सार्वजनिक धारणाका विषयमा आयोजित सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ। नेपालको पहिलो पाईलट समिट स्काईवेल पाईलट समिट २०२५ भब्यताका साथ सम्पन्न गरिएको हो ।

यात्रा म्यागेजिनको आयोजनामा पाईलट एसोसिएसन अफ नेपालका लागिसंचालन गरेको यो पाईलट समिटले नेपालका पाईलटहरुलाई एकीकृत गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउने विषयमा समिट केन्द्रितरहेको थियो । यस विषयमा आमपाईलटले कस्तो भूमिका खेल्न निर्वाह गर्न सक्छन् भन्ने पक्षलाई प्रमुख महत्व दिइएको थियो ।

प्यानल डिस्कसनको मोड्रेटरको रुपमा क्याप्टेन विजय लामा खटिएका थिए । यस्तैएक्टिभ एअर ट्राफिक कन्ट्रोलर सुस्मितारावत, रिटायर्ड पाईलट क्याप्टेन रवी कंसाकार, पत्रकार सुरज कुँवर, तथापर्यटन उद्यमी तथा पाईलट सुनिल शाक्यले प्यानलिस्टको रुपमा सहभागिता जनाएका थिए ।


कार्यक्रममा प्रमुख अथितिकारुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे सहभागी थिए ।उनले नेपाली आकाशलाई सुरक्षित राख्न पाईलटको भूमिका अहम् रहने पक्षमा जोड दिए । पाईलटएसोसिएसन अफ नेपालको गठनले पाईलटहरुलाई एकताबद्ध गर्ने सहयोग गरेको भन्दै चर्चा गरेका थिए । मन्त्री पाण्डेले यो नेपाली एसोसिएसन चाँडै इन्टरनेसनल फेडेरेसन अफ एअरलाईन पाईलटस् एसोसिएसनको सदस्य बन्न समेत शुभेच्छा व्यक्त गरेका थिए ।


कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट सहभागिता जनाउँदै प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले पाईलटहरुको यो एकताले देशको हवाई उड्डयनलाई थप मजबुत बनाएको चर्चा गरे। उनले हवाइ सुरक्षालाई अभिबृद्धि गर्नसार्थक बन्ने विश्वास व्यक्त गरे ।


आयोजित समारोहमा नेपाली पाईलटहरुको छाता संगठन पाईलट एसोसिएसन अफ नेपालको औपचारिक घोषणा गरिएको थियो । बुद्ध एअरमा कार्यरत पाईलट क्याप्टेन लेखनाथ पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय एशोसिएसनको घोषणा यसै समारोहमा गरिएको हो । नव गठित एसोसिएसनको उपाध्यक्षमा क्याप्टेन सागर गजुरेल, माहसचिवमा क्याप्टेन दिनेश बोगटी, कोषध्यक्षमा विक्रान्त काफ्ले, सचिवमा नाजिर उदेन शेख र सदस्यहरुमा क्याप्टेन रविन्द्रडंगोल, क्याप्टेन सुरज भण्डारी, मेनित केसी, शिव पौडेल, अभिनन्दन खड्का र क्याप्टेन किस्मत पछाई रहेका छन् ।

समिटको टाईटल स्पोन्सरको रुपमा रहेको स्काईवेलका तर्फबाट आधिकारी विक्रेता तथा आयातकर्ता जि.मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबुगेलालले यो सहकार्यको खुलेर प्रसंसा गरे। आयोजित कार्यक्रममा क्याप्टेन सुरज भण्डारीले एसोसिएसनको वार्षिक कार्ययोजनातथा कार्यक्रम सार्वजनिक गरेका थिए । होटल मल्लमा आयोजित कार्यक्रमा २५० भन्दा बढी पाईलट र सय भन्दा वढी उड्डयन तथा पर्यटन क्षेत्रमा क्रियाशीलहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ११ : ५२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित