नेपालकाे राष्ट्रिय गाैरवकाे रूपमा रहेको गाेल्डस्टार जुत्ता निर्यातमा भारतले विना जानकारी राेक लगाएकाे छ। गएकाे करिब १ महिनादेखि जुत्ता निर्यातमा राेक लगाएकाे भए पनि सरकार भने बेखबर छ।
प्रधानमन्त्री केपी अाेली यही असाेज ४ गते अमेरिका भ्रमण गए,उनलेे भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसंग साईडलाईन सम्वाद गरेका थिए,तर,उनलेे भारतीय प्रधानमन्त्री माेदीसंग यश विषयमा कुरा नउठाएकाे बताईएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा पनि विदेश अमेरिका भ्रमण सकेर फर्किईन्।तर,उनले पनि भारतीय समकक्षीसंग निर्यातको विषयमा कुरा उठाईनन्।
नेपाली गाेल्डस्टार जुत्ताको विषयमा २ वर्ष अघि ईण्डियन स्ट्यान्डर्ड व्यूराेले मापदण्ड ताेकेकाे थियोे ,त्यही मापदण्ड अनुसार गाेल्ड जुत्ता निर्यात हुँदे आएकाेमा भारतले पछिल्लो समय विना जानकारी राेक लगाएको हाे। भारतले विना जानकारी राेक लगाएपछि १ सय ट्रक गाेल्डस्टार जुत्ता कम्पनीकाे भैरहवामा थन्किएको छ।
भारतीय राेकावटपछि भैरहवाकाे उद्योगकाे उत्पादन कार्य समेत बन्द भएको कम्पनीकी कार्यकारी निर्देशक विधुषी राणाले बताएकी छिन् ।
उद्योग बन्द गर्नु पर्दा ठूलो संख्यामा मजदुरहरूकाे राेजीराेटी समेत गुमेको निर्देशक राणाले बताईन्।
नेपालकाे जुत्ता उत्पादन र निर्यातको क्षेत्रमा राम्रो पकड भएको यश कम्पनी भारतीय पक्षकै कारण अन्तर्राष्ट्रिय बजारमा अवराेध झेल्दै आएकाे छ। नेपाली ब्राण्डकाे परिचय बनाएको गाेल्डस्टार जुत्ता निर्यातको विषयमा पूर्व शिक्षा मन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले राष्ट्रिय बहस किन नगर्ने भनेर प्रश्न गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनलेे यश विषयमा प्रश्न उठाएपनि सरकारी अधिकारीहरू माैन छन् ।
गाेल्डस्टारका देशभर १७ वटा फ्याक्ट्रि थिए ,अहिले ५ वटा मात्रै सञ्चालनमा रहेका छन् ।दैनिक १ लाख जाेर जुत्ता उत्पादन गर्दथ्याे कम्पनीले अहिले त्यसको ३५ प्रतिशत मात्रै उत्पादन भैरहेकाे छ। ५ हजार मजदुर कार्यरत थिए, अहिले १५ सय मात्रै मजदुरले उत्पादन गरिरहेका छन् ।
सरकारले निर्यात बढाउने र व्यापार घाटा घटाउने भन्छ, उता विदेशी ब्रान्डकाे बजारमा छ्यापछ्याप्ती छन् । नेपाल जुत्ता चप्पलमा आ त्मनिर्भर भएपनि सरकारकाे द्वैध चरित्रले गाेल्ड स्टार जस्ता राष्ट्रिय उद्योगहरू संकटमा छन् ।