२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

टिभी टुडे टेलिभिजन निर्वाचन महासंग्राम अभियानलाई भ्यालभेट लक्स होटलमा भव्य स्वागत !


१० फाल्गुन २०८२, आइतबार  



बुटवलको कालिकानगरस्थित भेलभेट लक्स होटलमा टिभी टुडे टेलिभिजनको निर्वाचन महासंग्राम अभियानलाई भव्य स्वागत गरिएको छ।

देशव्यापी अभियानमा रहेको पत्रकारहरूको अभियानलाई थ्री स्टार भेलभेट लक्स होटलले भव्य स्वागत गरेको हो।

अतिथि देवो भवको भावले पत्रकारहरूलाई स्वागत गरिएको सेल्स मेनेजर सुरेश पोखरेलले बताए ।सुदूरपश्चिम पश्चिम प्रदेशको निर्वाचनको स्थलगत रिपोर्टिङको क्रममा बुटवल पुगेको अभियानलाई होटल व्यवस्थापनले आतिथ्यता प्रदान गरेको हो।

बुटवलमा भेलभटसहित ५ वटा थ्रीस्टारका होटल सञ्चालनमा छन् । डिलक्स , सुपरडिलक्स र जुनियर स्वीटका अकुपेन्सी छन् । अतिथि देवो भवको सेवा र सत्कार पाइने यश होटल धेरैको रोजाइ पर्दछ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ६ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित