रास्वपाको अभूतपूर्व विजयमा ७० प्रतिशत बालेन फ्याकटरले प्रभाव छोडेको छ। मतदाताले आफ्ना उम्मेदवारलाई चिनेनन् र जानेन्। तर, बालेनकै अनुहार हेरेरै मतदाताले अभूतपूर्व मत दिए।काठमाडौ महानगरमा काम गरेर लोकपृयता कमाएका उनै बालेन फ्याकटरकै रास्वपा देशभर औधि रूचाइएको हो ।
मतदाताले यसपटक कार्यकारी प्रधानमन्त्रीमा झै करिब ७० प्रतिशतले बालेनलाई भनेर मत दिए।नामै नसुनिएका रास्वपा उम्मेदवारले पनि अत्यधिक त पाएर विजयी भए। फलतः रास्वपा दुई तिहाइको विशाल शक्ति बन्यो । यही शक्तिले पाँच वर्षभित्र मुलुकलाई सम्मानजनक मध्यम आय भएको स्तरमा पुराउने जनतासंग करार नामा गरेको छ। यसका लागि वार्षिक औसत ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र अर्थतन्त्रको आकार १ सय अर्ब अमेरिकी डलर नजिक लैजाने लक्ष्यहरू मुख्य रहेका छन् ।
मध्य वर्गले औधि रूचाएको रास्वपाले नेपाल मध्यम आ य भएको मुलुक बनाउन ६२ लाख बढी निरपेक्ष गरिबहरूलाई पनि उकास्नु पर्नेछ । उसले अघि सारेका करार पत्र एउटा जिउँदो सपनाको रेखांकन मात्रै हो । घोषित लक्ष्य हासिल गर्न नीति रणनीति र योजनाहरू के के हुन् र कस्ता कस्ता छन र हुनेछन् । त्यो महत्त्वपूर्ण कुरा हो। ती कुरा नयाँ सरकारले अवस्य सार्वजनिक गर्नेछ । उदेश्य पूरा गर्न र लक्ष्य हासिल गर्न नीति र रणनीति अवस्य चाहिन्छ । तर नीति भन्दा पनि क्यालेन्डरमा परिणाम दिन सक्नुपर्ने हुन्छ। नीतिगत सपना मात्रै देखाउने उहि पुरानै रोग देखिए। यहाँ अझै ठूलो विग्रहको खतरा उत्तिकै छ ,यो यथार्थता बालेन नेतृत्वले अवस्य पनि जोखना गरेकै होला ।
गम्भीर चुनाति र सम्भावनाको उज्यालो घाम लिएर रास्वपा आएको छ। मत परिणामसंगै झुल्किएको बालेन बिहानीले आशाको उज्यालो बोकेर ल्याएको छ। यो निभ्न होइन, अझै चम्किलो बनाउने अभिभारा उनै बालेनको छ। त्यसका लागि बालेन र सिंगो रास्वपा पूर्ण जिम्मेवार छ र हुनुपर्छ । यो ख्याल ठट्टाको विषय होइन। यो अत्यन्तै पेचिलो संगीन प्रश्न र जिम्मेवारी हो। प्रधानमन्त्री को हो र? को होईन ! पदीय स्वार्थको खेल खेल्ने दुस्साहस गरे रास्वपा चैते हुरी झै विलिन भएर जानेछ, भने, जनतामाथि गम्भीर धोका ठानिनेछ।
तसर्थ रास्वपा नेताहरू जिब्रो चलाउँदा अलि विवेक पुराउन् र उत्ताउलो नबनुन्।
बर्बादीको डीलमा पुगेको देश बालेनबाट सम्भव छ, भनेर जनताले अभूतपूर्व विश्वास गरेका हुन्। यही विश्वासलाई अक्षुण राख्दै रास्वपाले वाचापत्र २०८२ अघि सारेको छ । उसले अघि सारेका आर्थिक नीतिलाई कार्यान्वयन गर्न र नतिजा दिन बालेन्द्र साहको नेतृत्वमा निर्माण हुने नयाँ सरकारका लागि चुनौति र अवसर दुबै छन् । इतिहास निर्माण गरेर पुस्तौ पुस्ता बाँच्ने या बदनाम हुने यी दुई प्रश्नको तराजुमा छन् बालेन र रास्वपा ।
बालेनको चेहरामा जेजति रास्वपाले मत पायो। त्यसको प्रभाव नेपाली समाजमा मात्रै होइन, आज भारतीय मिडियादेखि न्युयोर्क टाईम्स ,रोयटर्स,सीनएनन र बिबिसीमा अत्यधिक छाइएका खबर छन् । यसको अर्थ हो, बालेन एक युगको नायक हो। उनको नेतृत्वमा नेपाल बदलिनेछ।जसको परिणाम आउँदै गर्दा अर्थ–राजनीतिक बहसको स्वर पनि बाक्लिएको छ, बाक्लिनुपर्छ पनि ।
पहिले विकासको चर्चा सामान्य आकांक्षामा सीमित रहन्थ्यो। जहाँ सडक चाहियो, रोजगारी चाहियो, उद्योग चाहियो भनिन्थ्यो । अब ती प्रश्नहरू झन् कठोर र निर्मम ढंगले उठेका छन् र सोधिनेछन् पनि । कहिले र कसरी बन्छ देश ? यी प्रश्नको कठघरामा बालेन सरकार हुनेछ ।तर, सम्भव छ। मात्र इमानदार र लगनशील चाहिन्छ त्यसो भएमा देश बन्न गाह्रो पनि छैन। मुलभुतरूपमा माफिया र विचौलियाबाट जोगिदै प्रणालीको संस्थागत विकास गर्न सके देश बन्छ र बनाउन सकिन्छ पनि।
संस्थागत प्रणालीमा सुधार भए ,सुशासन कायम हुन्छ । सुशासन भएमा तोकिएको समयमा ठूला साना सबै काम हुन्छन् । देश विधिले चल्न थाल्छ, व्यक्तिले होइन। रोजगारी उत्पादनमा वृद्धि हुन थालेमा मध्यम आय स्तर भएको देश बनाउन सकिन्छ र सम्भव पनि छ। त्यसका लागि सरकारले सुनाउने होइन, सुन्ने धेरै गर्नुर्छ ।
विगतमा विशेष गरि ओलीका पालामा विकासका खाका बने । पूर्वाधारमा ठूलो लगानी गरियो । जसको परिणाम सुरूङ मार्गदखि राजमार्ग विस्तारका ठूला आयोजना सञ्चालनमा छन् । तर, ती राष्ट्रिय गौरवका आयोजना समयमा पूरा नहुने र भ्रष्टाचारका गन्धले दुषित हुने स्थिति भए र रहे ।
यसर्थ बालेन सरकारले आकांक्षा र सपनालाई अनुशासनले नियन्त्रण गर्ने, बाचालाई बचनले कस्न र भविष्यको परिणाममा व्यवहारले प्रमाणित गर्दै जाने भो अब नेपाल उज्यालो बाटोतिर लम्किएको अनुभुति गर्न धेरै समय पर्खनु नपर्ला कि ?








