२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

चन्द्र ढकाल भन्छन् – ‘बौद्धिक सम्पत्तिको संरक्षणमा राज्यको भूमिका अहम’


१४ बैशाख २०८२, आइतबार  



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गरे । उनले कतिपय टे«डमार्ककका विषयमा विवादहरु आउने गरेकोले यसको समाधानमा जोड दिनुपर्ने बताए । यस्तै ट्रेर्डमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाईको प्रक्रियालाई सरल रहज र छिटो गर्नुपर्ने बताए ।

‘नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिबृद्धिमा ठूलो सहयोग पुग्नेमा उनको विश्वास छ।उनले गीत संगीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको पनि आंैल्याए ।

विश्व बौद्धिक सम्पदा संगठन (वाइपो) ले पहिलो विश्व आईपी दिवस २००१ मा मनाउन थालिएको थियो । विश्व बौद्धिक सम्पदा संगठनले हरेक वर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यो वर्ष ‘आइपी एण्ड म्युजिक फल दि बिट अफ आइपी’को नारा तय गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित