२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

डेयुन अटोमोटिभ्स निरन्तर उत्पादन रहने, मिडियामा आएका खबर गलत भएको दाबी


२८ मंसिर २०८१, शुक्रबार  


डेयुन समूह, चीनको इलेक्ट्रिक गाडी उद्योगको एक प्रतिष्ठित कम्पनी हो, जसको उत्पादन पोर्टफोलियोमा हेवी ट्रक, हलुका ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू समावेश छन् । डेयुन समूहले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा एक बलियो प्रतिष्ठा बनाएको छ।

२००४ मा वाणिज्यिक गाडी क्षेत्रमा सफल प्रवेश पछि र २०१७ मा नयाँ प्रिमियम गाडी बजारमा सामेल भएपछि, डेयुनले विश्वव्यापी अटोमोटिभ बजारमा आफ्ना स्थानलाई मजबुत बनाएको छ। ६ वटा उत्पादन केन्द्र र १.८७ मिलियन गाडीहरूको वार्षिक उत्पादनसँगै, डेयुनको तीन दशक लामो अनुभवले यसको सफलता कायम राख्ख सहयोग पुर्याएको छ।

हालैका केही महिना अघि कुनै आधिकारिक घोषणा र प्रतिबद्धताबिना, चिनियाँ मिडियाबाट आएका नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्य नरहेको भन्दै कम्पनीले विज्ञप्ति निकालेको छ यद्यपि, चिनियाँ सरकारको बलियो समर्थन र लगानीका साथ पुनःसंरचनना सँगै कम्पनीले जनवरी २०२५ मा उत्पादन पुनः सुरु गर्ने योजना बनाएको छ। कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, र नेपालका बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजान बनएको छ ।

नेपालको सन्दर्भमा, बिना कुनै आधिकारिक समाचार, केही नेपाली अनलाइन मिडियाहरूले डेयुन अटोमोटिभ कम्पनीका बारेमा गलत रिपोर्टहरू प्रकाशित गरेका छन्, जसले कम्पनीको वर्तमान अवस्थाबारे गलत जानकारी दिएका छन्। यी रिपोर्टहरू भ्रामक छन् र कम्पनीको वास्तविक स्थिति प्रतिबिम्बित गर्दैन। डेयुनले यसलाई असत्य भनेको छ र जनतालाई सही जानकारीका लागि प्रमाणित स्रोतहरूमा निर्भर हुन आग्रह गरेको छ। कम्पनीले आफ्ना उत्पादनहरु पूर्ण प्रतिबद्ध छ र नेपाली बजारमा सकारात्मक योगदान दिने जानकारी दिएको छ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ५६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित