शनिबारका दिन विश्व निकेतन माध्यमिक विद्यालय ७९ औ वर्षमा प्रवेश ग¥यो । देशकै अग्रणी सरकारी विद्यालयको रुपमा स्थापित यस विद्यालयको विक्रम सम्वत २००३ साल माघ १९ गते स्थापना भएको थियो ।
विक्रम सम्वत २००३ साल माघ १९ गतेका दिन स्वर्गीय नरमान श्रेष्ठले न्युरोडको एङ्गालस्थित आफ्नै दलानबाट सुरु भएको थियो, यस विद्यालयको इतिहास । त्यत्तिबेला स्वर्गीय नरमान श्रेष्ठले सुरुमा ६ जना विद्यार्थी पढाउथे ।जुद्ध शमशेरबाट ४ सहीदको हत्या गरेपछि पापमोचनका लागि स्थापना गरेको त्रिपुरेस्वरस्थित सत्तलमा विक्रम सम्वत २००९ सालमा गणेशमान सिंह श्रेष्ठ उद्योगमन्त्री भएपछि स्थानान्तरण भएको हो । सूर्यलाल अमात्य, प्रा.डा. केदारभक्त माथेमा, रामशरण महत, तारादेवी, विद्यासुन्दर शाक्यल गायतका चर्चित व्यक्तिव्वहरू यही विद्यालयको उत्पादन भएको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले बताउँछन् ।
नेपालको शैक्षिक इतिहासको ठूलो विरासत र योगादनको पर्याय बनेको यस विद्याल्यले शैक्षिक सत्र २०७४ र २०७५ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय शिक्षा पुरस्कार’ हात पार्न सफल भएको थियो । त्यस यताका दिनमा यस विद्यालयको शैक्षिक प्रगति निरन्तर उकालो लागिरहेको छ। कुशल व्यवस्थापककै कारण यस विद्यालयलाई पछाडि फर्कनु परेको छैन ।
शैक्षक उनयनमा देशकै अब्बल बनेको यस विद्यालयप्रतिको अभिभावक र विद्यार्थीको आकर्षण थामिनसक्नु छ। । इतिहासको लामो कालखण्ड पार गरेको यस विद्यालयमा अध्ययनका लागि निकै आकर्षक गन्तव्य बनेको छ। शैक्षिक वातावरण निकै राम्रो भएकाले आफ्ना सन्ततीलाई यसै विद्यालयमा अध्ययन गराउन अभिवभावकहरुको आकर्षण बढेको पनि प्रधानाध्यापक कडेलले बताएका छन्।
यस विद्यालयको ७९ औ वार्षिक उत्सवको शनिबार उदघाटन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहले विश्वनिकेतन माध्यमिक विद्यालय सामुदायिक विद्यालयहरूको लागि प्रेरणादायी नमुना बनेको भन्दै निकै चर्चा गरे । यस विद्यालयमा करिब चार हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्, भने एक सय ६० शिक्षक तथा कर्मचारीले विद्यालयमा सेवा दिइरहेका छन्। विज्ञानदेखि व्यवस्थापन संकायको अध्ययन हुने यस विद्यालय यतिबेला देशकै पहिलो नम्बरको गुणस्तरीय सरकारी विद्यालयको रुपमा स्थापित छ।