मिडिया उद्योगमा लामो अध्ययन र अनुभव गरेका सञ्चार उद्यमी हुन्, डा. जनकराज पन्त। शिक्षा र समाजसेवामा समर्पित डा जनकराज पन्त एक सफल प्रेरणादायी पात्र समेत हुन्।

सुन्दर सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–८, अम्तोलीमा जन्मिएका उनी हाल टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्षको रुपमा कार्यरत छन्।

डा. पन्त दृष्टि पाठशाला हाईस्कुल, स्टार मिडिया नेटवर्क जस्ता करिब आधा दर्जन कम्पनीहरूमा अध्यक्षको रूपमा सक्रिय नेतृत्व गरिरहेका छन्।
डा. पन्त करिब एक दर्जनभन्दा बढी देशहरूको भ्रमण गरी विश्वका सञ्चार, शिक्षा तथा प्रविधि क्षेत्रको गहिरो अध्ययन र धेरै अनुभव गरेका छन्। मिडिया उद्योगमा लामो संघर्षका घुम्तीहरु पार गर्दै आएका उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क अध्यापन र छात्रवृत्तिका माध्यमबाट सहयोग पुर्याउँदै आएका छन्।

सामाजिक उत्तरदायित्वसंगै मानवीय सेवामा उनी सधै तत्पर रहदै आएका छन्। सञ्चार, शिक्षा र सामाजिक क्षेत्रमा अग्रसर डा. पन्तको नेतृत्वमा सञ्चालित विभिन्न संस्थाहरुमा करिब दुई सय हाराहारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
डा. पन्तका एक छोरा इन्जिनियर साजन पन्त र एक छोरी दृष्टि पन्त हुन्। उनकी धर्मपत्नी कुमारी नबिता फुयाल पनि मिडिया क्षेत्रमा सक्रिय रूपमा संलग्न रहेकी छिन्।








