२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

पूर्व मन्त्री तथा कांग्रेस नेता अफताब आलमको मृत्यु


२३ कार्तिक २०८२, शनिबार  


नेपाली कांग्रेसका पूर्वसांसद तथा नेता मोहम्मद अफताब आलमको मृत्युु भएको छ

कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको आज बिहान २ बजेर ५८ मिनेटमा निधन भएको हो ।

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन्

उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो।

उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

प्रकाशित मिति : २३ कार्तिक २०८२, शनिबार  ६ : ५८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित