प्लेटो ग्रीक दार्शनिक थिए । उनको प्रसिद्ध पुस्तक छ , ‘ द रिपब्लिक ‘ । त्यसमा उनले दार्शनिक शासकको अवधारणा अगाडि सारेका छन् । त्यस्तो शासक शासन गर्न योग्य छ – जसलाई शक्तिको लालसा छैन । त्यसले विवेक ( wisdom) र नैतिकता( ethics) को आधारमा शासन गरोस् ।
तर,हामीले सबैभन्दा बढीको महत्वाकांक्षी पावर सिकर, जो शक्ति प्राप्त गर्न जे पनि गर्न तयार छ , उसैलाई चुनेर सत्तामा पठाउँछौँ । उसले शक्ति प्राप्त गर्न पैसा खर्च गर्ने , दंगा भड्काउने, जातीय , धार्मिक वा क्षेत्रीय द्वन्द मच्चाउने , अवाञ्छित तत्त्वसँग मिलेमतो गर्ने सबै काम गर्छ ।
यसरी हामी चुनावबाट प्रत्येक पटक हिटलर र मुसोलिनी चुन्दा रहेछौँ । तर, हामीलाई लाग्छ : हामीले आफ्नो स्वतन्त्र इच्छाद्वारा राम्रो मान्छे छान्यौ ।
मैले Yuval Noah Harari , जो अहिले इजरायलका विश्वप्रसिद्ध लेखक हुन् । उनको The Myth of Freedom पढ्दै थिएँ । उनी के भन्छन् भने स्वतन्त्र इच्छा आफैमा एक कथा मात्र हो , सत्य होइन । एक त मानिसको छनौट मानिसको जिन, पारिवारिक पृष्ठभूमि ,लैंगिकता, राष्ट्रिय संस्कृतिबाट निर्धारण हुन्छ ।
त्यसभन्दा अझ खतरनाक कुरो उनले के बताएका छन् भने तपाइँको जैविकता बुझेर र गणना शक्तिको आधारमा कर्पोरेट र सरकारले तपाइँको दिमाग ह्याक गरिदिन सक्छन् । एकपटक तपाईंको दिमाग ह्याक गरेपछि तिनीहरूले तपाईंको छनौट भविष्यवाणी गर्ने मात्र होइन, तपाईँको भावना र छनौटको रि-इन्जिनियरिङ नै गरिदिन सक्छन् ।
आजको जमानामा यदि तपाईं इन्टरनेट चलाउनु हुन्छ भने तपाईंले आफुलाई जति चिन्नु भएको छ, त्यो भन्दा बढी कर्पोरेट र सरकारले तपाइँलाई चिनेका हुन्छन् । उनले उदाहरण दिएर भनेका छन्त,पाईंले इन्टरनेट सर्फ गर्दै गर्दा Immigrant gang rapes local women”. भन्ने समाचार क्लिक गर्नुभयो, तपाईंको छिमेकीले “Trump prepares nuclear strike on Iran” भन्ने समाचार क्लिक गरिन् ।
यी दुबै समाचार सत्य नहुन सक्छन् , रसियन ट्रोल्सले बनाएका हुन सक्छन् । तर ,यसले तपाईंको रुचिको जानकारी दिन्छ । यसमा एल्गोरिदमले तपाईं आप्रवासीप्रति पूर्वाग्रही भएको र तपाईंको छिमेकीलाई ट्रम्प मन नपर्ने कुरो स्पष्ट रुपमा रेकर्ड गर्छ ।
यसैको आधारमा तपाईंलाई विचार, दृष्टिकोण देखि विज्ञापनसम्म बेचिन्छ । प्रपोगण्डा र manipulation राजनीतिमा नयाँ कुरो होइन , तर इन्टरनेटको विकास भएपछि प्रत्येक मानिसको कमजोरीमा टेकेर तथ्य हेरफेर गर्न सक्ने अवस्थाको विकास भएको छ ।
हरारी भन्छन् : एकपटक सरकार र कर्पोरेटले तपाईंको दिमाग ह्याक गरेपछि उनीहरूले तपाईंलाई जे चाह्यो त्यही बेच्न सक्छन् ।
हामीले चुनावमा छानेका शासक वा इन्टरनेटमा अमूक नेताका झोले भएर गरेका कुप्रचार हेर्दा हामी दिमाग ह्याक नभएका स्वतन्त्र मानिस हौँ भन्न दावी / प्रमाण पुर्याउन पनि सकिएन ।