राज्यलाई पुँजीगत लाभ कर चुक्ता नगरेको एनसेलको यात्रा ओरालो लाग्न थालेको छ। १६ अर्ब हाराहारीमा बक्यौता चुक्ता नगरेको एनसेलको यात्रा ओरालो लागेको हो ।
निजी मोबाइल सेवा प्रदायक कम्पनीको रुपमा रहेको एनसेलले पछिल्लो तीन महिनाको अवधिमै दुई लाख ५४ हजार सक्रिय मोबाइल प्रयोगकर्ता गुमाएको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो टेलिकम्युनिकेसन इन्डिकेटर्समा एनसेलेको बजार दयनीय बन्दै गएको देखिएको हो । जहाँ अढाइ लाख प्रयोगकर्ताले एनसेलको सेवा त्यागेको देखिएको हो ।
यही साल २०८१ असोजमहिना देखि नियामक निकाय नेपाल दूर सञ्चार प्राधिकरणले एनसेल र नेपाल टेलिकमका सक्रिय मोबाइल प्रयोगकर्ताको तथ्याङ्क समेट्न थालेको छ । त्यसपछि कात्तिक मसान्तसम्म एनसेलका सक्रिय मोबाइल प्रयोगकर्ता (भोइस तर्फ) एक करोड ४९ लाख ९१ हजार १६ पुगेका थिए ।यस समयमा प्रतिस्पर्धी नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताको सङ्ख्या एनसेल भन्दा कम (एक करोड ४६ लाख २९ हजार ८०४) रहेका थिए ।
त्यसयता एनसेलले लगातार आफ्ना सक्रिय मोबाइल प्रयोगकर्ता गुमाउँदै गएको छ, भने नेपाल टेलिकमले त्यस्ता प्रयोगकर्ता आफूतर्फ आकर्षित गरिरहेको छ । गएको तीन महिनाको यस अवधिमा नेपाल टेलिकमले एक लाख ७८ हजार ७२१ सक्रिय प्रयोगकर्ता थपेको छ। । पछिल्लो तथ्याङ्क अनुसार नेपाल टेलिकमको एक करोड ४८ लाख ८ हजार ५२५ सक्रिय प्रयोगकर्ता रहेको पाइएको छ। यसका साथ नेपाल देशकै सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी बनेको छ ।
दोस्रोमा रहेको एनसेलको अवस्था भने टीठ लाग्दो छ। यसका सक्रिय ग्राहक एक करोड ४७ लाख ३७ हजार २०५ रहेका छन् । यस हिसाबले दुईपटा मोबाइल सेवा प्रदायक मात्रै रहेको नेपालमा एनसेलको बजार हिस्सा ४९ प्रतिशतमा खुम्चिँदा नेपाल टेलिकमको बजार ५१ प्रतिशतमा विस्तार भएको पाइएको छ ।