२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

गभर्नर अधिकारीले सी प्लस रेटिङ पाए, एशियामै सबैभन्दा कमजोर रिपोर्ट


१२ कार्तिक २०८१, सोमबार  



ग्लोबल फाइनान्स म्यागजिनले गभर्नर महाप्रसाद अधिकारीलाई सी प्लस रेटिङ दिएको छ।

सन् २०२३ मा बी माइनस पाएका गभर्नर अधिकारीले २०२४ को लागि सी माइनस रेटिङ पाएका हुन्।

एसिया प्रशान्त क्षेत्रमा कमजोर रिपोर्ट पाउनेमा उनी दोस्रोमा छन्।

म्यानमारका गभर्नरको रिपोर्ट अधिकारीको भन्दा कमजोर छ। उनले एफ रेटिङ पाएका छन्।

नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिसँग लड्न र वैदेशिक मुद्रा सञ्चितिको दबाब कम गर्न कसिलो मौद्रिक नीति ल्याएको उल्लेख छ।

डिसेम्बरमा राष्ट्र बैंकले नीतिगत ब्याजदर एक प्रतिशत घटाएको थियो। कोभिड-१९ महामारीको समयमा बैंकहरूबाट प्रवाह हुने कर्जामा उच्च वृद्धि भएपछि राष्ट्र बैंकले नीतिगत ब्याजदरमा कडाइ गरेको थियो।

यही कारण कर्जाको वृद्धिदर सन् २०२२ मा १३.३ प्रतिशत रहेकोमा घटेर ४.६ प्रतिशतमा सीमित भएको बताइएको छ। 

नेपालमा मूल्य वद्धिदरमा सुधार भइरहेको बताइएको छ। एसियाली विकास बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

एसिया प्रशान्त क्षेत्रबाट मात्रै होइन भारतले भने सबै मुलकको तुलनामा राम्रो नतिजा ल्याएको छ। भारत, डेनमार्क र स्वीट्जरल्याण्डले सबैभन्दा धेरै ए प्लस रिपोर्ट पाएका हुन्।

भारतका गभर्नर शशिकान्त दासलाई ए प्सल दिइएको छ। पहिलो त्रैमासमै भारतको अर्थतन्त्र ७.८ प्रतिशतले बढेको, दोस्रो त्रैमासमा ६.७ प्रतिशत रहेको र वर्ष अन्त्यमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ। 

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले लक्षित गरेको वृद्धिदर पनि ७.२ प्रतिशत नै हो। 

दासले त्यहाँको वित्तीय प्रणालीलाई सुदृढ गरेको बताइएको छ। त्यहाँका बैंकहरूको पुँजी पर्याप्तता अनुपात बढेको र बैंकहरूको खराब कर्जा न्यून रहेको बताइएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ५९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित