सरकारी आम्दानी भन्दा बढी खर्च भएको छ, अर्थ मन्त्रालयले मुलुकको ६ महिनाको राजस्व र खर्चसहित सार्वजनिक गरेको विवरण अनुसार सरकारी आम्दानी भन्दा खर्च एक खर्बले बढी भएको हो । विवरणअनुसार आर्थिक वृद्धिदर पोहोरको तुलनामा यो वर्षको पुससम्ममा घटेको छ । गएको वर्ष ३.६ प्रतिशत देखिएको आर्थिक वृद्धिदर यो आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ महिनामा ३।४ प्रतिशत मात्रै छ ।
यो अवधिमा आयात ७ खर्ब ६८ अर्बबाट बढेर ८ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा आयात ७.१ प्रतिशतले बढेको छ । आयात बढेसँगै निर्यात पनि ३१ प्रतिशले बढेको देखिए पनि आयातको तुलनामा नेपालबाट हुने वस्तु तथा सेवा निर्यातको हिस्सा निकै सानो छ ।
अर्थ मन्त्रालयका अनुसार राजस्व संकलन १२.७ प्रतिशतले वृद्धि भएर ५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको भए पनि आम्दानीको तुलनामा खर्च बढी भएको छ । सरकारले आम्दानीको तुलनामा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब रुपैयाँ बढी खर्च गरेको छ । यो अवधिमा सरकारले संघीय बजेटबाट गरेको खर्च ६ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । यस्तो खर्च वार्षिक बजेट विनियोजनको ३५।९ प्रतिशत भएको तथ्यांकले देखाएको छ ।
सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै प्रगति गरेको छ । तर खर्च भने गत वर्षको तुलनामा १ खर्ब रुपैयाँले बढेको देखिएको छ । गत वर्षको तुलनामा आम्दानी कम भएको र खर्च मात्रै बढी हुँदा अर्थतन्त्रको समग्र विकासमा भने यसले असर गरिररहेको छ ।
अथै मन्त्रालयका अनुसार मंहगीदर घटेको, आयात निर्यात बढेको, विदेशी मुद्रा संचिति बढेको, निजी क्षेत्रमा प्रवाह हुने कर्जाको दर बढेको भएपनि सरकारले राजस्व नै कम संकलन गर्दा विकास निर्माणमा गर्नुपर्ने खर्च भने कम भएको छ । जसले समग्रमा अर्थतन्त्रको विकासको गति रोक्ने काम गर्छ ।
तथ्यांक अनुसार राजस्व १२.७ प्रतिशतले बढ्दा खर्च भने १७.८ प्रतिशतले बढ्न यो अवधिमा वित्तीय संस्थाको निक्षेप संकलन भने खुम्चिएको छ । गत वर्षको पहिलो ६ महिनामा ३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन भएको बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन यो वर्षको सोही अवधिमा २ खर्ब ११ अर्ब रुपैयाँ मात्रै छ ।
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले भने डेटामा अर्थ मन्त्रालयले चिटिङ नगर्ने भएकोले वास्तविकता सार्वजनिक गरेको बताए । उनले अर्थतन्त्र सबल भएको, बैंक तथा वित्तीय संस्थाको अवस्थासहित अर्थतन्त्रको सुचकमा सुधार देखिनुले अर्थतन्त्रलाइ सूचकले सबल देखाएको प्रतिकृया दिएका छन् ।
उनले आइतबार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने कार्यक्रमा अर्थ मन्त्रालयले पछिल्लो ६ महिनाको वास्तविकतामा आधारित रहेर खर्च तथा राजस्वको विवरण सार्वजनिक गरेको भन्दै अर्थमन्त्री पौडेलले तथ्यांक विश्वसनीय प्रस्तुत गरेको बताएका हुन ।
सरकारले पछिल्लो ६ महिनामा १ खर्ब ८१ अर्ब रुपैयाँ आन्तरिक ऋण, ५९ अर्ब ३ करोड वैदेशिक ऋण प्राप्त गरेको छ । यस्तो ऋण वार्षिक संलन गर्ने ५ खर्ब ४७ अर्बको तुलनामा ४३ प्रतिशत अर्थात २ खर्ब ४० अर्ब रुपैयाँ भएको पनि अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांमा उल्लेख छ ।
यो अवधिसम्ममा सरकारको आन्तरिक ऋण ११ अर्ब ८० अर्ब र वैदेशिक ऋण ११२ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा सरकारको कुल ऋण दायित्व २४ खर्ब ३४ अर्ब पेगेको छ । यस्तो ऋणका लागि सरकारले १ खर्ब ४९ अर्ब रुपैयाँ भुक्तानीसमेत गरिसकेको पनि तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा अर्थ मन्त्रालयले ५ वटा अध्यादेशमाफर्त २८ वटा कानून संशोधन गर्दा ३ वटा अध्यायदेश आर्थिक क्षेत्रसँग सम्बन्धित भएको बताएको छ । आर्थिक तथा व्यवसायिक वातावरण र लगानी अभिबृद्धि सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण ९पहिलो संशोधन० अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेशले आर्थिक क्षेत्रको सुधार गर्ने दाबी गरेको छ ।
अर्थमन्त्री पौडेलले अर्थत्रन्त र बैंक दुबै डुब्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । कतिपय मानिसहरुको बैंक र अर्थतन्त्रको वारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेको भन्दै उनले भने, ‘हामी छौं अर्थतन्त्र डुब्न दिँदैनौ । बैंक पनि डुब्न दिँदैनौ ।’ अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएकोले कुनै नकारात्मक टिप्पणी गरेर नगर्न पनि उनले आग्रह गरेका छन् ।