३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

गृहले भन्यो-‘भिजिट भिसामा गृह नेतृत्वलाई जोडेर सार्वजनिक खबर मिथ्या र कपोकल्पित’


११ जेष्ठ २०८२, शनिबार  


भिजिट भिसामा अवैध असुलीमा अध्यागमन विभागको निवर्तमान प्रमुख तीर्थराज भट्टराई अख्तियारको फन्दामा परेपछि यसकको गृह प्रशासनसम्म पुगेको छ।

गृहमन्त्री रमेश लेखकको सचिवालय नै मानव तस्करीमा संलग्न भएको पाईएपछि गृहमन्त्री रमेश लेखकमाथि गम्भीर नैतिक प्रश्न उठेको छ।पार्टी भित्रबाट पद त्याग्न दबाब भएपनि उनी टसमस भएको देखिन्न।

बरू उनले विज्ञप्ति जारी गर्दै गृह नेतृत्वलाई जोडेर प्रकाशित र प्रशारित खबर मिथ्या र कल्पोकल्पित भन्दै खण्डन गरिएको छ। गृह मन्त्रालयका सह सचिव छवि रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा गृह नेतृत्वलाई जोडेर सार्वजनिक खबरबाट भ्रमित नहुन आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालय मुलुकको शान्ति सुरक्षा अमनचयन र सुशासनको पक्षमा सक्रिय रहेको दाबी गरिएको छ। अध्यागमनको विषयमा अख्तियारले अनुसन्धान गरिरहेकोले सत्य तथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरिएको छ।’

प्रकाशित मिति : ११ जेष्ठ २०८२, शनिबार  ७ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित