१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

अनुमतिको पर्खाइमा दाङको सञ्जीवनी शिक्षण अस्पताल !


७ आश्विन २०८२, मंगलबार  


निजी क्षेत्रको लगानीमा दाङमा सञ्चालनमा आउन लागेको सञ्जिीवीनी शिक्षण अस्पताल सञ्चालन अनुमतिको पर्खाइमा छ ।

यही आसोज ६ गते उद्दघाटन गरेर सञ्चालनमा आउने भनिएको यस शिक्षण अस्पताले सञ्चालन अनुमितको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन गरेको पनि डेढ महिना पुगेको छ ।

४ अर्बको लागतमा निर्माण गरिएको यस पाँच सय शैयाको सुविधा सम्पन्न अस्पतालको सञ्चालन अनुमतिका लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले बताए ।

अस्पताल व्यवस्थापनले आज भन्दा ४ वर्ष पहिले मनशाय पत्र लिएर पूर्वाधार निर्माणमा लागेको हो । घोराही उपमहानगरपालिका ३ बरगदवा भानपुरमा शिक्षण अस्पताल सञ्चालनको लागि मनशाय पत्र लिएर पूर्वाधार निर्माण थालिएको र इआइए प्रतिवेदन अनुसार प्रक्रिया अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत रोकाले जानकारी दिए । पूर्वाधारसहितका सबै प्रक्रिया पूरा भएपनि मन्त्रालयको ढिलासुस्तीका कारण अस्पतालले अहिलेसम्म संचालन अनुमति पाएको छैन ।

प्रमुख कार्यकारी अधिकृत रोकाले भने, ‘हामीले मन्त्रालयले भने अनुसार संरचना बनाएका छौ, आशय पत्रकै आधारमा शिक्षण अस्तपतालको पूर्वाधार बनाएका हौ, तर, सञ्चालन अनुमति दिन ढिलाइ भइरहेको छ ।’


स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति नपाएपनि यही असोज ६ गते उद्घाट हुने भन्दै यस व्यापक प्रचार गरिएको थियो ।
२०७७ मा घोारही उपमहानगरपालिकाबाट स्वीकृति तथा नक्शा पास गरेको अस्पतालले शहरी विकास विभागबाट करिब डेढ वर्ष लगाएर नक्शा पारित गराएको थियो ।

विशिष्कृत अस्पताल र अल्पकालीन गरी अस्पतालन सञ्चालनमा ल्याउन लागिएको व्यवस्थापनले बताएको छ । हाल नर्सिङ र प्यारामेडिकल कक्षा सञ्चालन गर्ने भएको छ । । तीन वर्षपछि पाँच सय शैयामा अपडेट भएपछि मेडिकल कलेजको रुपमा चलाउने अस्पताल व्यवस्थापनको योजना हो ।

यसका सञ्चालक खुमा अर्याल हुन् । यस अस्पतालसहित देशभर उनका ६ वटा अस्पताल छन् । यो सञ्जिवी अस्तपातल छैठो अस्पताल हो । देशभर १९ वटा मेडिकल मध्ये ३ वटाको पनि सञ्चालक उनै अर्यालले हुन् । उनले ६ वटा अस्पताल सञ्चालन गरेका छन् । जस मध्ये तीन शिक्षण अस्पताल र अरु अस्पतालको रुपमा रहेका छन् । । मुख्य लगानीकर्ता खुमा अर्याल हुन् ।

अस्पतालमा ५०० शैयाको सुविधा सहित सञ्चालनमा आउने यस अस्पतालमा अत्याधुनिक उपकरण, आकस्मिक सेवा, शल्यक्रिया, मातृत्व तथा बाल स्वास्थ्य, एनआईसीयू, पिआइसियु, भेन्टिलेटर सहितको आइसीयू, एमआरआई, सीटी स्क्यान लगायतका सेवा उपलब्ध हुनेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित