२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका दाङमा पहिलो,उक्लियो लमही नगरपालिका !


२ फाल्गुन २०८२, शनिबार  


दाङका १० स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ सूचांकका आधारमा गरेको मूल्यांकनमा राप्ती गाउँपालिका ७७.४६ अंकसहित पहिलो भएको हो।

आर्थिक वर्ष २०८१/८२ काे स्थानीय सरकार कार्य सम्पादन मूल्यांकन अनुसार राप्ती यश वर्ष पनि राप्ती दाङमा पहिलो भएको हाे।

राप्ती पहिलो स्थामा रहँदा राजपुर गाउँपालिका ४९.१७ अंकसहित अन्तिम स्थानमा परेको छ। लमही नगरपालिका, जसले गएकाे वर्ष सबैभन्दा कम ३२.५ अंक पाएको थियो, यस वर्ष उल्लेखनीय सुधार गर्दै ६४.१८ अंकसहित जिल्लामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

त्यस्तै, गढवा गाउँपालिकाले गएको वर्ष ६०.१ अंकसहित चौथो स्थान हासिल गरेकोमा यस वर्ष ५८.९५ अंक ल्याउँदै नवौं स्थानमा झरेको छ।

आर्थिक सुशासन, राजश्व संकलन, बजेट खर्च, स्वास्थ्य, शिक्षा लगायतका सूचकमा आधारित मूल्यांकनमा केही पालिकाले प्रगति गरेका छन् भने केहीको अंक घटेको देखिएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ५ : १० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित