२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

रेखालाई दंगाली चेलीबेटी समूहको उपचार सहयोग !


२ फाल्गुन २०८२, शनिबार  


काठमाडौमा रहेर विभिन्न पेसामा कार्यरत महिलाहरूको समूह दंगाली चेलीबेटी समूहले रेखा शर्मालाई उपचार सहयोग गरेको छ।

जटिल बिरामीको उपचारत रहेकी रेखालाई समूहले ३० हजार पाँच सय ५५ रूपैयाँ सहयोग गरेको हो।समूहले गएको शुक्रबार रेखालाई उपचार सहयोग हस्तान्तरण गरेको हो।


काठमाडौमा रहेर उद्म र व्यवसाय क्षेत्रमा सफल बनेकी शर्मा क्यान्सरबाट पीडित छिन् ।उद्यमी रेखा शर्माको दिल्लीमा उपचार भइरहेको छ।

रेखा एक उद्मशील महिला मात्रै होईनन्, उनले सीप दिएर धेरै महिलालाई उद्यमी बनाएकी छिन्। उद्योगमा रोजगारीसंगै समाजिक जागरणमा पनि उनको योगदान अतुलनीय छ।

समाजमा चेतना र उद्यमको जागरण फैलाएकी उनी क्यान्सरसंग लडिरहेकी छिन् । उनै क्यान्सरबाट पीडित रेखालाई दंगाली चेलीबेटी समूहले आर्थिक सहयोग गरेको हो।

सामाजिक सेवा गर्दै आएको दंगाली चेलीबेटी समूह राजधानीमा सक्रिय छ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १० : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित