नेपालको निर्यात व्यापार साउनमा ६१.७२ प्रतिशतको वृद्धि देखाएको छ । गएको आर्थिक वर्षमा निर्यात १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड चार लाख ७४ हजार रुपैयाँ पुगेको थियो ।
त्यसमा साउनमा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । चालू आर्थिक वर्षको साउनमा भने ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँको वस्तु निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
धेरै वस्तु निर्यात हुनेमा पहिलो स्थानमा भटमास तेल रहेको छ । समीक्षा महिनामा १७ अर्ब ९९ करोड ३४ लाख ५५ हजारको भटमास तेल निर्यात भएको छ, गएको आर्थक वर्षको यही महिनाको तुलनामा ६६।२२ प्रतिशतले बढी हो । गत साउनमा १० अर्ब ६९ करोड ५८ लाख ४० हजारको निर्यात भएको थियो ।
दोस्रो नम्बरमा रहेको प्रशोधित पाम ओलिन एक महिनामा एक अर्ब २९ करोड २९ लाख ३९ को निर्यात भएको छ । यो गएको आर्थिक यसै अवधिको तुलनामा ९२।६१ प्रतिशतले बढी हो । गएको आर्थिक वर्ष साउन महिनामा ६७ करोड १२ लाख ३८ हजार रुपैयाँको निर्यात भएको थियो ।
तेस्रो स्थानमा भने सूर्यमुखी बिउ तथा कुसुमको तेल एक अर्ब २० करोड ७५ लाख ४७ हजारको यस्तो वस्तु निर्यात भएको छ । यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ८५।३४ प्रतिशतले धेरै हो । गएको आर्थिक वर्षको यसै अवधिमा ६५ करोड १४ लाख ९८ हजारको निर्यात भएको थियो ।
पाँचौँ स्थानमा रहेको फेब्रिक तथा फाइबरबाट बुनेका कपडाको निर्यात एक अर्ब ६ करोड ६२ लाख ९५ हजारको भएको छ । यो गएको आर्थिक तुलनामा १९५।१० प्रतिशतले धेरै हो । गएको आर्थिक वर्षको साउनमा ३६ करोड १३ लाखको निर्यात भएको थियो ।








