३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

पड्किए केपी ओली ! विमानस्थलमा छामछुम गरेको भन्दै सरकारविरुद्ध फायर !


३१ श्रावण २०८३, आइतबार  


गएको शनिबारको दिन हुन्छ । एमाले अध्यक्ष केपी ओली इलाम उड्छन् । उनी हवाइ यात्राबाट इलाम पुग्छन् । हवाइ यात्रा गर्दा विमानस्थलमा कडा चेकजाँच हुन्छ । सरकारले आफूमाथि कडा चेकजाँच गरेको भन्दै ओली क्रूद्ध बन्दछन् । लोकतान्त्रिक आदिबासी जनजाजाति महासघको बैठक सम्बोधन गर्न उनी कुदेका हुन्छन् ।

विमानस्थलमा कडा चेकजाँच हुन्छ । सर्वसाधारणको पनि चेकजाँच गरिन्छ । ओली एमाले अध्यक्ष हुन्छन् । विमानस्थलका लागि यात्रु हुन्छन् । पूर्व प्रधानमन्त्री र सर्वसाधारणलाई एउटैखाले सुरक्षा चेकजाँच गरिएको हुन्छ । उनीमाथि चेकजाँच गरिन्छ । उनी सरकार विरुद्ध खनिन्छन् । गएको भदौमा उनी सत्ताच्यू भएका हुन्छन् । त्यही आन्दोलनको जगमा भएको निर्वाचनबाट बालेन सरकार बनेको हुन्छ । ओली हवाई यात्रामा निस्किन्छन् । विमानस्थलमा कडा चेकजाँच हुन्छ । विमानस्थलको सुरक्षाको सवाल हुन्छ । ओली सरकार विरुद्ध कुर्लिन्छन् । चेकजाँचको नाममा आफूलाई अपराधी झै व्यवहार गरिएकोमा गुनासिन्छन् । मेटल डिटेक्टरको सहयोगले शरीरमा खानतलासी गरिएको भन्दै उनले रोष प्रकट गर्दछन् ।

ओली भन्छन्, ‘मेटल डिटेक्टर लगाछ ,यो गर्या छ, उ गर्या छ । के निकाल्न खोज्या ? के बरामद गर्न खोज्या ?’ प्रश्न गर्छन् । पल्टाई पल्टाइकन छाम्छ, के भेटिन्छ भनेर हो । यसो… यसो… गरेर छाम्छ सबै । के छाम्या हो यिनले मेरो शरीरमा ? हिजो पनि भएको थियो भद्रपुरमा । आजै पो हो क्यारे । काठमाडौँमा छाम्छ, यता छाम्छ, उ त्यहाँ परै छाम्छ । त्यहाँबाट अलि भित्र आए त्यहाँ छाम्छ, अलि भित्र आए त्यहाँ छाम्छ ।के छाम्या हो ? मेटल डिटेक्टर लाउँछ– ट्याक ट्याक ट्याक ट्याक । फेरि एउटा ढोकाबाट छिराउँछ– त्यहाँ पनि ट्याक ट्याक ट्याक ट्याक । उधुमै गर्यो ! एक ठाउँ जाँचेपछि त पुग्नु पर्ने, फेरि अर्को ठाउँ जाँच्छ । भद्रपुर आउँछु, त्यहाँ पनि जाँच्छ, फेरि मेटल यसो यसो गर्छ, यसो यसो गर्छ । तमासा !

म न गँजडी, न जड्याहा, न ड्रगिस्ट, न के । के खोज्या हो ? न मसँग १९० तोला सुन, न कतै लुकाएको केही छ । अनि के छाम्या हो, के छाम्या । यिनको काम यस्तै हो, गर्नुपर्ने ठाउँमा गर्दैनन् ।


ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ । एअरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लाउँछ । गेटबाट छिराउँछ, ग्याँ ग्याँ बनाउँछ, अनि त्यति गर्दा नपुगेर छाम्छ के । मालिस गर्न थाल्या हो कि के गर्या हो ? यस्तै भन्दै सरकार विरुद्ध उनी रन्फनिन्छन् । चोटिलो र पिरो गरी ओली सरकारलाई शब्द वाणले ठोक्छन् । एयरपोर्टमा गरिएको चेकिङप्रति ओली क्रोधित बन्छन् । यद्यपि उनको यो गुनासो पहिलो होइन । यस अघि गएको माघमा पनि चेकिङको विषयमा सरकार विरुद्ध उनले फायरिङ खोलेका हुन्छन् ।


ओली आफू बाहेक सबैलाई बेठिक भन्छन् । आफू जे बोल्यो त्यही सत्य भन्छन् । पार्टीमा ओली करिब करिब एक्लै हुन्छन् । जतिसुकै एक्लिएपनि उनको दम्ह र हिम्मत उस्तै देखिएको हुन्छ । उनी यतिसम्म ज्याद्रो र अतिवादी छन् र हुन्छन् । आफू बाहेक सबै बेठिक भन्ने ओलीले निर्वाचनलाई समेत अवैध भन्छन् । मतमा पनि जालसाँजी गरिएको अथ्र्याउँछन् । जेनजी विद्रोहलाई उनी अपराधी ठान्छन् । सरकारलाई गैरकानुनी भन्छन् । पार्टी र पावर आफ्ना लागि आजिवन ठान्छन् । उनीमाथि कसैले प्रश्न उठाएर वैरी देख्छन् । पार्टीभित्र भए कत्लेआम गर्छन्। विगतमा सघाउनेहरु पनि अहिले ओलीदेखि भाग्छन् । ओलीकै कारण एमाले सखाप भएको भन्दै शंकर पोखरेलहरुले राजिनामा माग्छन् । ०००

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  २ : २३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित