३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

सशस्त्र एआइजी वंशीराज दाहाल निलम्बित !गोप्य सूचना चुहाएको गम्भीर आरोप !


२१ आश्विन २०८३, बुधबार  


भनिन्छ ,जब रक्षक नै भक्षक भएपछि अब भर कस्को पो पर्नु र ! संवेदनशील र राज्यको गोप्य सूचना चुहाउनेलाई कसरी पो सुरक्षाकर्मी भन्नू र ! हो, प्रकरणमा नयाँ तथ्य खुलेपछि यो खेलमा राज्यको सुरक्षा जस्तो संवेदनशील क्षेत्रका अधिकारीहरू नै संलग्न भएको पाइएको छ। सुरक्षा निकायका उच्च अधिकारी नै अध्याँरो कोठाको खेलमा संलग्नता भएको देखिनुले अदृश्य खेल निकै भयानक र खतरनाक भएको पाइएको छ।

यही असोज १० गते राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउ परेको १० दिन पछि सशस्त्रका एआइजीको पनि यश खेलमा संलग्नता भएको पाइएको हो। राज्यको अनुसन्धानको राडारमा रहेका विवादास्पद पूर्व प्रधानन्यायाधीश चोलेन्द्रलाई उसै दिन अनुमति विना भेट्न गएका सशस्त्रका एआइजी वंशीराज दाहाल भेट्न पुगेको तथ्य खुलासा भएको छ।

उनले सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोप छ । राज्यको संवेदनशील र गोप्य सूचना चुहाएको भन्दै सशस्त्र प्रहरी बलका एआइजी बंशीराज दाहाललाई सरकारले निलम्बन गरेको हो। सशस्त्र प्रहरी बलको सिफारिसमा उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले उनलाई सोमबार निलम्बन गरेको हो। उनलाई निलम्बन गरेको कुरा गृह प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

उनीमाथि विस्तृत छानबिनका लागि जाँचबुझ समिति गठन गरी जाँचबुझ अधिकृत नियुक्त गरिएको छ। विज्ञप्तिमा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले उल्लेख गरेका छन् ।गृहका अनुसार जाँचबुझका लागि एआइजी अञ्जनी कुमार पोखरेललाई जाँचबुझ अधिकृतको रूपमा तोकिएको छ। 

निलम्बित वंशीराज दाहालको पदावधि यही असोज २८ सकिँदैथियो । सशस्त्र प्रहरी बलमा एआइजीको पदावधि पाँच वर्ष हुनेमा चार वर्ष पूरा भएपछि सरकारले थप्नुपर्ने व्यवस्था हुन्छ। उनको कार्यकाल चार वर्ष पूरा भएको छ। निलम्बनमा परेकाले पदावधि थप हुने सम्भावना लगभग सकिएको छ। 


प्रहरीले केही दिन अघि झापा घर भइ काठमाडौ बुढानिलकण्ठ बस्ने विचा‌लिया इनाम सापकोटालाई सापकोटालाई पक्राउ गरेको थियोे । सापकोटालाई केरकार गरेको प्रहरीले मोबाईल ह्वाट्सअपमा संवाद फेला पारेको थियोे । यश संवादमा निलम्बित सशस्त्र एआइजी दाहाल , पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ,दीपक भट्ट र इनाम सापकोटाबीच संवाद भएको फेला परेको हो। उनीहरू बीच लामो समयदेखि विशेषगरी दीपक भट्टलाई रिहाइको लागि संवाद भएको पाइएको छ।

यो कुराको खास मेलो दीपकका बाबु चतुर्भुज भट्टले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेको विषयमा रिहाइको आदेश आउनेवाला थियोे । यही असोज ८ गते दीपक भट्टलाई रिहाइको आ देश दिने गरि सेटिङ मिलाइएको सूचना गृहमन्त्री सुधन गुरूङकोमा पुगेको थियोे । त्यसपछि न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेन कहाँ पुग्यो। त्यसपछि प्रधानमन्त्री निर्देशनमा प्रहरीले चोलेन्द्रको विषयमा अध्ययन गरेको थियो । यो सेटिङमा चोलेन्द्रको संलग्नताको भएको पाइएपछि उनी मध्यरातमा पक्राउ परे। चोलेन्द्र पक्राउ गरेपछि क्रमशः सत्ता ढाल्न र दीपकलाई रिहाइ गर्ने योजनाको भित्री योजनाको खुलासा हुन थालेको हो।चोलेन्द्रले सर्वोच्चमा न्यायाधीशहरूमा सेटिङ मिलाउने ,दीपकले पैसा पठाउने ,इनामले पैसा बोक्ने र निलम्बित सशस्त्रका एआइजी वंशीराज दाहालले गोप्य र संवेदनशील सूचना चुहाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यद्यपि यसको वास्तविक थप तथ्य र सूचना अरू के हो रु त्यसको गहिरो अनुसन्धान गर्न गृहद्वारा जाँचबुझ समिति बनाइएको छ । सशस्त्र एआइजी अश्विनिकुमार पोखरेलको समिति बनेको छ। पोखरेल नेतृत्वको समितिले ३ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ। पोखरेल नेतृत्वको जाँचबुझले यथार्थ कुरा अवस्य पनि बाहिर कसो नल्याउला र ?

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित