दाेलखा जिल्लामा रहेको गौरी शंकर हिमाल प्राकृतिक धार्मिक सॅास्कृतिक हिसाब महत्वपूर्ण छ नेपाल सवा लाख हिमालहरूको देश भनेर चिनिएको छ। तर एक मात्र यस्तो। हिमाल हो गौरी शंकर एउटा चुचुरो एउटा हिमाल दुई नाम गौरी शंकर अथवा गौरी शंकर हिमाल अरू हिमालहरू एउटा हिमाल एक नाम जस्तै गणेश धौलागिरी मनासुलु माछापुच्छे सगरमाथा कैलाश एक पहाड हिमाल एकनाम मात्र छ।
गौरी शंकर एक हिमाल दुई नाम यहा भनिन्छ साक्षात भगवान महादेव र पार्वती बास छ नेपालीहरूको महान पर्व तिज यहि हिमालसंग जोडेको छ पार्वतीले तपस्या गरेर महादेव वर पाउन तपस्या स्थल हो तिज पर्वका जन्म दाता पनि गौरी शंकर हिमाल यही हिमालको काखमा तपस्या गरेर महादेव वर पाएको हो भने जन बिस्वास पाईन्छ गौरी शंकर हिमाल प्रेमको प्रतिक पनि हो यो हिमाल प्रकृतिक ताजमहल हो सफल जीबनको बरदान माग्ने हिमाल हो माता पार्वती र महादेवले कहिले दिर्बोश गरेन बरदानले पाएको। जीवन सार्थक बनाएको छ
पार्वतीले आफ्नो घरमा लगाएको यज्ञमा महादेवलाई निम्तो। नदिएको आफ्नो श्रीमानलाई कारण आफ्नो बूबा दक्षप्रजापतीको यज्ञ कूण्ड आफूलाई दाहा गरेर महादेवलाई यो कुरा थाहा पाएर आफूलाई पाउन हिमाल मा कठोर तपस्या गरे पाप्त गरेको पार्वतीले मृत्युको खवर आहात भएर आफूलाई धेरै माया गर्ने पार्वतीको लास बोकेर महादेवले प्रेम दर्शाएको ईतिहास हामी संग छ गौरी शकर हिमालमा तपस्या गरेर प्राप्त श्रीमानले देखाएको माया अपरम्पार छ त्यस कारण यो प्राकृतिक ताजमहलको हामीले गौरीशकर हिमाललाई महिलाले महादेव जस्तो वर माग्ने ठाउॅ हो पुरूषले पार्वती जस्तो। वदु पाउन माग गर्ने ठाउं गौरीशकर पर्वतले। किन आफ्नो लोग्नेलाई अपमान गरेकोले ज्यान दिन सकिने श्रीमति पाउन सक्ति प्रदान हिमाल गौरी शकर हिमाल हो महादेव पार्वतीले पनि संन्तान प्राप्त गरेको ठाउॅ हो गौरी शंकर हिमाल हो त्यसैले संन्तान नभएकोले गौरी शकरको आराधाना गरे संन्तान प्राप्त हुने बिश्वास छ।
हामी नेपालीले प्रेम दिवस त महादेव र पार्वतीको बिबाह भएको दिनलाई मानु पर्छ अथवा पार्वतीले आफ्नो पतिको अपमान सहन नसकेर मृत्यु भएको दिन आफ्नो श्रीमतिको अपार माया पाएकी महादेवले देखाएको प्रेम संसारको नमुना हो घर्तिमा जन्म लिएको प्राणी कसैले पनि प्रेमको प्रतिक लास बोकेर पागल भएर पार्वतीको अंग नास नभए सम्म छोडेन पार्वतीको अंग पतन भएर पुरा शरिर झरेर गए पछि मात्रा पार्वतीको मायासाथ छोडेको छ यति धेरै माया गरने महादेव पार्वतीको बासस्थान हो दोलखाको गौरी शंकर हिमाल त्यस कारण यो आधुनिक समाजको प्राकृतिक ताजमहल हो गौरीशंकर हिमाल गौरीशंकरको झल्को दर्शनले मानिसले पूण्य प्राप्त गरेको हुन्छ हामीलाई नजिकैको देवता हेला भएको यो महाकैलाशको महिमा हामीले बुझन सकेन कैलाश महिमा मात्र गुणगान गाउन लगाएको छ।
आब पालो आएको छ। नजिकैको तिर्थको महत्व बुझाउने दिन आएको। भनिन्छ टादाको भगवान भन्दा नजिकको प्यारो भने उखान छ। यो गौरी शंकर त भुत होईनी वहा त साक्षात महादेव पार्वतीको बास भएको हिमाल हो हामीले पूजा किन नगर्ने हो धर परिवारमा प्रेम सिकाएको घरलाई खुशीदिने सन्तान दिएको छ यति धेरै महत्व पूर्ण भगवान बास भएको महा कैलाशको आर्ती किन नगर्ने हो उठनु दोलखा बासी आगनको तिर्थ चिनुस पर्यटनको गन्तब्य तपाईको आगन हो तपाईको घर हो आन्तरिक पर्यटन प्रबद्रन गरौ बिश्वलाई भनुस तपाई हामी मिलि यो हिमाल हिन्दु बौदको संगम तिर्थ हो यस हिमालको दर्शनले मनलाई सान्ति दिन्छ पूर्णे प्राप्त गरने स्थल हो दोलखाको गौरीशंकर हिमाल हो धन्यबाद








