२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

नेपाल मोबाइल डिलर्स एशोसियशन राप्तीद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख १२ हजार बढी सहयोग !


२२ भाद्र २०८३, सोमबार  


नेपाल मोबाइल डिलर्स एशोसियसन राप्तीले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री राहतकोषमा आर्थिक सहयोग गरेको छ ।
एशोसियसनले विपद्को यस कठिन घडीमा प्रभावित तथा पीडितहरूको राहत, उद्दा र सहयोगमा हातेमालो गर्न आर्थिक सहयोग गरेको बताएको छ ।

नेपाल मोबाइल डिलर्स एसोसिएसन राप्ती शाखाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार ७१० रुपैया आर्थिक सहयोग गरेको छ ।स्थापना कालदेखि व्यवसायीक हितसंगै सामाजिक क्षेत्रमा योगदान गर्दै आएको एशोसियशनले रसुवा बाढी पीडितहरुलाई पनि आर्थिक सहयोग गरेको हो ।

एशोसियनका अध्यक्ष राज रानाले रसुवा बाढी पीडितका लागि मलहम लगाउन सानो भएपनि आर्थिक सहयोग गरेको बताएका छन् । जब –जब यस्ता विपत्तिहरु आउँछन् । तब –तब नेपाल मोबाइल डिलर्स एशोसियशन राप्तीले सामाजिक क्षेत्रमा सहयोग गर्ने गर्दछ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ४ : २३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित