७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

असाधारण प्रधानमन्त्रीको साधारण लुक्स ! हातमा राहदानी काँधमा झोला र उहि जुत्ता !


७ आश्विन २०८३, बुधबार  


हाइलाईट्स
असाधारण प्रधानमन्त्री बालेनको साधारण विदेश भ्रमण !
साधारण लुक्समा असाधारण देशको सपना बोकेर उडे प्रधानमन्त्री !
प्रधानमन्त्री बालेन सधैं एउटै पहिरनमा किन रु साधारण बन्न कि चर्चा कमाउन ?
उही पुरानै पोशाक,उही गोल्ड स्टार र कालो झोला बोकेर उडेका थिए, प्रधानमन्त्री !

स्टोरी
प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका भ्रमणका लागि त्रिभुवन विमानस्थल पुगे। जब उनी विमानस्थल पुगे । तब उनको पहिरन र पहिचान उही पुरानै देखियो

विमानस्थलमा देखिएका उनी संसदको बैठकमा उपस्थित हुँदा झै देखिए। उही कालो पोशाक,सेतो गोल्डस्टार जुत्ता अनि हातमा राहदानी र काँधमा झोला पनि । फस्ट लेडीका नाममा श्रीमती, छोरी, भाइ भतिजा बोक्ने विमान चार्टर पनि गरेनन् ।सर्वसाधारण जसरी प्लेनको यात्रा गरे। उसैगरी उनको पनि साधारण यात्रा भयो ।

उनीसँग कुमार वेन पनि थिए। कुमार वेन पनि साधारण शैलीमा थिए। सधैं झुस्स दारीमा रहने कुमार वेन मंगलबार अमेरिका उड्दा कम्तीमा दारी फालेर चिटिक्क परेका थिए। प्रधानमन्त्री कार्यकारी प्रमुख हो । भीभीआइपी हो। उसको सुरक्षा संवेदनशील पनि हुन्छ । तर, प्रधानमन्त्री सर्वसाधारण जसरी उडान गरे। मेयर भएकाहरू त जुत्ता अरूले लगाइदिने र छाता पनि अर्कैले ओढाइदिने र सलामी थाप्ने प्रथा छ,नेपालमा । स्वाङ र ढोङमा हुर्केको राजनीतिक संस्कार अझै जिउँदै छ। तर, प्रधानमन्त्री बालेन साधारण शैलीमा उडे।

उनको विदेश यात्रालाई कतिपयले अस्वभाविक भएको पनि भनेका छन् । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले प्रधानमन्त्री बालेनको नो सलामी र नो कार्पेटको विरोध गर्न भ्याए। उनले प्रधानमन्त्री बालेनले परम्परा तोड्नु गलत भएको अर्थाए। यद्यपि पुराना दलका नेता र कार्यकर्ताले प्रधानमन्त्री बालेनको साधारण अमेरिका भ्रमणलाई टिप्पणी गरेका छन् । यो उनीहरूको चिन्तन र चरित्र पनि होला ।किनकि भीआइपी र भीभीआइपी तामझाममा हुर्केको राजनीति हो, हाम्रो । तर, मंगलबार प्रधानमन्त्री बालेनको साधारण लुक्सले सर्वसाधारण जनताको मन बेस्सरी जित्यो। सर्वसाधारण जसरी नै उनी कतार एयरवेज मार्फत अमेरिका पुगे।

प्रधान मन्त्रीको विदाइमा हुने ताउरमाउर र तामझाम पनि देखिएन। न सेनाको सलामी न रेड कार्पेट न त हवाई उडान थप्प । सामान्य र साधारण वातावरण र व्यवस्थापनमा उनी विमानस्थल पुगेर र विमानमा चढे र बुधबार अमेरिका पुगे ।

विगतका प्रधानमन्त्रीहरू विदेश उड्दा विमानस्थल ठप्प हुन्थे । ताउरमाउरले उडान पनि विलम्ब गरिन्थ्यो । विश्व जित्न हिडे झै ठान्थे। विमानस्थल विदाइमा तामझाम,ताउरमाउर, सचिव मन्त्रीहरूको हस्याङफस्याङ ,लावालस्कर,सलामी र रेड कार्पेट अनिवार्य जस्तै थिए। सिंगो सिहदरबार प्रधानमन्त्रीलाई पठाउँदा छोरी अन्माउँदा झै सिँगार पटार र लावालस्कर जुट्थ्यो ।गरिब देशका प्रधानमन्त्रीको धामाले सर्वसाधारणलाई इरिटेडै बनाउथ्यो। कराइमा जिरा फुराउने तेल छैन, पाउमा तेल भने जस्तै राष्ट्रिय ढुकुटी रित्याएर भएपनि विदेश शयर मस्ती, सान शौकातले गर्दथे।

प्रचण्डले छोरी गंगा दाहाल बोक्थे,ओलीले श्रीमती राधिका शाक्य,देउवाले आर्जु देउवा र भाइभतिजा लैजान्थे।माधव नेपालले श्रीमती गायत्री नेपाल आ चार्य हुन्थिन् । तर, प्रधानमन्त्री बालेनले श्रीमती सविना काफ्लेलाई बोकिनन् ।कालो झोला काँधमा हालेर विमानस्थल सरकारी गाडीमा पुगे। अनि विमान चढेर अमेरिका पुगे ।

विवादास्पद विगतका प्रधानमन्त्रीहरूका भ्रमण कहानी यो पनि हेरौं।
तत्कालीन प्रधानमन्त्री केपी ओ ली चीन भ्रमणमा गए। २०७२ चैत ७ गते हिमालयन एयरलाइन्स विमान जम्बो टोली लिएर ओ ली चीन उडेका थिए। पहिलो पटक प्रधानमन्त्री भएका ओ लीको पहिलो विदेश भ्रमण थियोे ।नेपाल एयरलाइन्स छोडेर उनी उनकै व्यवसायीक सहयोगी आङछिरिङ शेर्पाको निजी विमान कम्पनीको विमान चार्टर गरेर चीन गएका थिए।


यहाँ रोचक कुरा के थियो भने, तत्कालीन प्रधानमन्त्री केपी ओ लीले विवादास्पद विमान कम्पनीको विमान लिएर उडेका थिए। निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको यो वायुसेवाले उडान प्रमाणित नै नगरी २०७२ चैत ७ गते तत्कालीन प्रधानमन्त्रीको टोलीलाई चीन उडाएको थियो।यही टोली लिएर १४ गते काठमाडौं फर्किएपछि हिमालयले औपचारिक रुपमा काठमाडौं दिल्ली काठमाडौंको रुटमा सफल प्रुभिङ फ्लाइट गरेको जानकारी दिएको थियो ।

त्यसैगरी २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल डेनमार्क उडान गर्दै थिए।२०६६ पुस १ गतेको मिति हो।तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल डेनमार्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश जहाजका उडान र अवतरण ढिला भएको थियोे । अन्तर्राष्ट्रियतर्फ केही डाइभर्टु भए भने आन्तरिकतर्फ रद्दसँगै दिउँसोका उडान राति अबेरसम्म भएका थिए।
प्रधानमन्त्री नेपाल जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २०६६ साल पुस१ सोमबार डेनमार्कको कोपनहेगन जानेक्रममा विमानस्थलबाट हुनुपर्ने आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियोे ।


प्रधानमन्त्रीको उडानका कारण दिउँसो १स्३० देखि ३स्३० सम्म दुई घन्टा उडान प्रभावित हुँदा हजारौं यात्रुले दुःख पाएका थिए। जहाजको प्रतिक्षामा बसेका सयौं यात्रु विमानस्थलमा अलपत्र परेका थिए। यसअघि भिभिआइपी उडान हुँदा आधा वा पौने घन्टामात्र उडान रोक्ने गरिए पनि त्यस दिन दुई घन्टासम्म उडान रोकिएको आरोप वायुसेवा कम्पनीले लगाएका थिए।०००

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित