७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

पर्यटन बोर्डको सीइओमा १६ जनाको सूची सार्वजनिक !


२१ कार्तिक २०८३, शुक्रबार  


नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत अर्थात सीइओका लागि १६ जनाको सूची सार्वजनिक गरिएको छ ।

सीईओ पदका लागि आवेदन दिएका १६ उम्मेदवारमध्ये अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम छनोट गरी बोर्ड सञ्चालक समितिमा सिफारिस गरिने भएको छ।


सीईओ छनोटका लागि ४२ जनामध्येबाट संक्षिप्त १६ जनाको सूची सार्वजनिक गरिएको हो । नेपाल पर्यटन बोर्ड, कार्यकारी प्रमुख छनौट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (१) को खण्ड (क)र दफा ६ को उपदफा (२) बमोजिम विज्ञहरूको मूल्यांकनबाट सबैभन्दा बढी अंक हासिल गरेका १६ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो।


जसमा आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा, टेक बहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी, राम चन्द्र सेढाइ, रोहिणी प्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्री प्रसाद भट्टराई, सन्तोष बिक्रम थापा, सुरेश सिंह बुडाल र हिक्मत सिं ऐर रहेका छन्।


संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूले २०८३ मंसिर १० गते बिहान ८ः१५ बजे तत्क्षणिक प्रस्तुतीकरण समेतको प्रयोजनका लागि आफ्ना शैक्षिक योग्यता र अनुभवका सक्कलै कागजातसहित पर्यटन बोर्डको सचिवालयमा सम्पर्क राख्नुपर्ने सूचनामार्फत जानकारी गराइएको छ।


सीईओ पदका लागि आवेदन दिएका १६ उम्मेदवारमध्ये अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम छनोट गरी बोर्ड सञ्चालक समितिमा सिफारिस गरिनेछ। सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई चार वर्षका लागि नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिनेछ।


बोर्डको सीईओ पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शुक्रबार  २ : ५० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित