सपना सबै उडायो हुरीले भने झै करिब १८ महिना कार्यकाल बाँकी रहेका दानबहादुर कार्की बुधबार पदमुक्त गरिए । सरकारको आदेश पालना अटेरीदेखि इनम प्रकरण हुँदै प्रहरी पोशाक खरिदकै कारण प्रश्नको घेरामा रहेका उनको यतिबेला कन्तविजोग भएको हो । पत्रकार थुनेर बहादुरी देखाएका उनलाई बालेनको कठोर र निर्मम निर्णयले पदबाट सर्लक्कै हात धुन परेको हो ।
आमा भन्दा छोरी जान्ने पाकेको भातमा पानी हाल्ने भने जस्तै सरकारलाई उछिन्न खोज्दा उल्टै पद चैट भएको हो । कार्यकारी सरकारको आदेश अनुसार संधिग्धहरुलाई पक्राउ गर्न पनि नसक्ने आलटाले जवाफ दिदै आएका दानबहादुर अन्तिमतिर पोशाक खरिदमा रास्वपा सांसद खगेन्द्र सुनारसंग निकिै जुधे । चोलेन्द्र प्रकरणमा पनि शंकास्पद देखिएका उनी इनमसंगको हिमचिमा देखिएपछि गएको बुधबार सरकारले पदबाट हटाएको हो ।
दानबहादुर पदबाट हटाइएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाइए । विशेषा सल्लाहकारको भूमिकामा रहेर आफ्नो १८ महिने जागिर पूरा गर्छन्, राज्यले दिने सुविधा लिएर घर फर्कन्छन् ।आज यी दुई प्रश्न दानबहादुरका अघि छन्। २०५३ सालको नजिर हेरेर न्याय पाउने र पुनः फर्किनेमा उनी आशावादी देखिन्छन् । तर, यो २०८३ लसाल हो, २०५३ साल होइन ।
त्यत्तिबेला न्यायालय बलियो थियो र अघिल्लो सरकारले हटाएको थियो पछिल्लो सूर्यबहादुर थापा सरकारले पुनः बहाली गरेको थियो । यस पटक शक्तिशाली बालेन सरकार छ । यो सरकार पाँच वर्षको म्याण्डेट प्राप्त मात्रै होइन, एकल सरकार हो । त्यसकारण दानबहादुरले सोचे जस्तो नहुने सम्भावना धेरै देखिन्छ । यद्यपि उनले पदमुक्त भएपछि सरकारको निर्णयलाई इन्कर गर्दै अदालत जाने बताएका छन् । २०८२साल कार्तिक २६ गते तत्कालीन अन्तरिम सरकारले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । प्रहरी महानिरीक्षक भएको एक वर्षमै विवादकै कारण उनी पदमुक्त भएका हुन् ।
२०५४सालमा नेपाल प्रहरीको निरीक्षक अर्थात इनिस्पेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरेका उनको कार्यकाल आउँदो २०८४ चैत १७ गते हो । उनीसंगै प्रहरी सेवामा प्रवेश गरेका डा। मनोज केसीलाई सरकारले बुधबार आइजीपीमा नियुक्त गरेको छ । विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी लगायतका अपराधमा अनुसन्धान गर्न सफल डा। केसी नेपालको प्रहरी महानिरीक्षक भएका छन् । उनको कार्यकाल पनि आउँदो २०८४ चैतमा सकिने छ ।
डेढ वर्ष प्रहरीको कमाण्डर भएर आएका डा। केसीले कसरी प्रहरी संगठनलाई अघि बढाउँछन् । त्यो भोलिका दिनमा थाहा होला नै । तर, तीस वर्षपछि प्रहरी संगठनमा एकाएक भुइँचालो आएको छ । यो भुइचालोका परकम्प एकदुई दिनमै थामिन्छकी अझै तन्किन्छ , त्यो पनि थाहा हुँदै जाला । मुख्य कुरा दानबहादुर कार्कीले उनका अघि दुई वटा विकल्प मध्ये कुन रोज्लान् । उनले अदालती प्रक्रियाको बाटो रोजे भने फर्किने सम्भावना पनि रहेको तर्क एकथरीको छ। यद्यपि अहिलेको अदालतको अवस्था हेरियो भने आफै त महादेव उत्तानो पर कसले देला वर छ ।
यस्तो बेलामा दानबहादुर न्याय दिएर सर्वोच्चले काउन्टर गरिहाल्ला भन्ने आधार निकै फितला र कमजोर देखिन्छन् । त्यस्तो भयो भने दानबहादुरले पाउने सेवा सुविधा पनि बन्चित हुने मात्रै होइन, सरकारको कारबाहीका कारण उनको बाँकी जीवन पनि प्रश्नको घेरामा रहन सक्छ की ?








