दुनियाँ अब बम गोला, लाखौं मिलिटरी फोर्स,अत्याधुनिक हतियार र मोनी पावरले भन्दा शक्तिशाली छ, ‘पावर एलिट’ अर्थात् ‘डिप स्टेट’।यो अदृश्य जस्तो हुन्छ। तर, राज्यको हरेक तहमा मसिनो गरि प्रभाव र प्रभुत्व जमाएको हुन्छ ।
राज्यको नीति र कार्यक्रमलाई नजानिदो र थाहा नपाउने गरि नकाम बनाउँछ। बडो अन्जान ढंगले क्रियाशील यो शक्तिले लोकतान्त्रिक राज्यप्रतिको जनअपेक्षालाई निस्काम मात्रै बनाउँदैन राज्य र जनताबीचको सम्बन्ध भावनात्मक र भरोसामै ब्रेक गराउँछ र अन्तमा देशलाई असफल राज्य बनाउन पनि सक्छन् ।
पावर एलिटकै योजनामा तत्कालीन ओली सरकार च्यूत भएको हो भन्ने घटनाक्रमले देखाउँछ ।तर, यश विषयमा कसैले अध्ययन गरेको पनि छैन । यसप्रति कसैको ध्यान छैन।जेनजी विद्रोह नै पावर एलाइटले गराएको भन्नेहरु पनि छन् । तर, यो तर्क गर्नेहरुसंग कुनै आधिकारिक अनुसन्धानमूलक तथ्य भएको पाइन्न । हचुवाका भरमा छिमेकी र मित्र राष्ट्रहरुलाई दुत्कारेर सत्ताच्यूत भएको भडास पोखिरहेका छन् ।
राजनीतिशास्त्रका अनुसार यो एक यस्तो अवधारणा हो । जसलाई डिप स्टेट भनिन्छ । यसको खास शाब्दिक अर्थ हुन्छ— गहिरो राज्य । अर्थात गहिरो राज्य भन्दा सायद सघन, कामकाजी र भित्रैसम्म बलिया राज्य भन्ने बुझिन्छ । तर, यसको वास्तविक अर्थ भने त्यो हैन । ‘डिप स्टेट’ को अर्थ हो— राज्यभित्र लुकेको राज्य, गोप्यराज्य, भित्री राज्य वा अदृष्य राज्यरसरकार । अनौपचारिकरूपमा राज्य शक्तिको दुरूपयोग गर्ने खतरनाक सञ्जाल हो ।
त्यस्तो वर्ग वा तप्का, जसले राज्यको कुनै वैधानिक हैसियत वा पदमा न रहिकन राज्यका नीति निर्णयलाई प्रभावित गर्न र आफूअनुकूल बनाउन सक्दछ, त्यसलाई ‘डिप स्टेट’ भनिन्छ । ‘डिप स्टेट’ शक्तिशालीहरूको त्यस्तो अनौपचारिक सञ्जाल वा समूह हो। जसले राज्यको कुनै पनि पद वा जिम्मेवारीमा नबसेरै पनि बसेकाहरूको भन्दा बढी शक्तिको ज्यादै अभ्यास गर्दछ ।
वैधानिक विधिबाट बनेको सरकारलाई समेत हल्लाउने, थर्काउने, हप्काउने वा डर देखाएर छुलछुल्ल बनाउने हैसियत राख्दछ । जेनजी सरकारलाई हल्लाउने र धम्काउनेहरू पावर एलाइटका एजेन्ट पनि सक्छन् ।तर,अनुसन्धान विना प्रवृत्तिगत कुराले मात्रै भन्न कठिन हुन्छ ।यसको अध्ययन पूरा भए पछि भन्न अवस्य भन्न सकिएला ।
हाम्रो जस्तो लोकतान्त्रिक व्यवस्थामा सरकार संसदको बाटो हुँदै बन्छ । संविधान अनुसार सरकार बन्ने वैधानिक प्रक्रिया या बाटो यहीँ नै हो। हाम्रो शासकीय र निर्वाचन प्रणाली अनुसार संसद्बाट बहुमत हासिल गरेर बनेको हुन्छ,सरकार । तर, ‘डिप स्टेट’ यो प्रक्रियामा देखिँदैन । डिप स्टेटका सदस्य न आफैँ चुनाव लड्दछन्, न राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री नै बनेका हुन्छन् ।
तर, प्रधानमन्त्री वा मन्त्री बनाउने वा हटाउने तागत उनीहरूमा ज्यादा हुन्छ । उनीहरू त्यस्तो व्यक्ति वा पार्टीलाई जिताउन लाग्दछन्जो । उनीहरूको हितअनुरूप काम गर्न राजी हुन्छ वा राजी हुने सम्भावना बलियो रहन्छ । मन्त्री बनाउने वा फेर्ने निर्णयमा ‘डिप स्टेट’ को हात हुन्छ । २०८१ असार १७ को ओली देउवा सम्झौता पनि पावर एलाइलले पर्दा भित्र बनाइदिएको भन्ने कुरा घटनाक्रमले मात्रै पुष्टि गरेन,पूर्व प्रधानमन्त्री प्रचण्डले संसदमै सार्वजनिक गरेका थिए।यद्यपि यश विषयमा ओली देउवा मौन छन् ।
को–को हुन्, पावर एलाइट ?
अदृश्यको दलिनमा बसेर राज्यको उपल्लो तहमा सिधा पहुँच ,प्रभाव र प्रभुत्व राख्न सक्ने या पुर्याउन सक्ने , बर्चश्व जमाउन वा आफ्नो अनकूल निर्णय गराउन क्षमता राख्ने व्यक्तिहरूको एक गोप्य समूह हो पावर एलाइट ।त्यसो भए को हुन् ती । योपनि हेरौ ।
ठूला व्यापारिक घराना हुन सक्छन् पावर एलाइट । यिनले राजनीतिक दललाई चुनावको बेला पैसा दिएका हुन्छन् । पार्टी चलाउन, नेताको गुट पाल्न पैसा दिएका हुन्छन् । पैसाको बलमा आफ्ना स्वार्थअनुरूपका निर्णय गर्न गराउन प्रधानमन्त्री वा मन्त्रीलाई जबर्जस्ती बाध्य गराउँछन् ।जस्तै तत्कालीन ओली सरकारलाई विद्युत
महशुल मिनाह गराउन गरिएको कोशीस एउटा उदाहरण हो।
समान प्रतिस्पर्धी स्थितिमा रहेका दलमध्ये त्यसैले जित्ने सम्भावना बढी हुन्छ, जसले व्यापारिक घरानाको आर्थिक सहयोग पाएको हुन्छ । तसर्थ, सरकारमा आएका नेता यो वर्गलाई चिढ्याउन चाहँदैनन् ।
अर्को हुन सक्छन् ,बहालवाला उच्च प्रशासक वा शक्तिशाली पूर्वप्रशासकहरू। यिनले राजनीतिक नेतृत्वलाई अप्रत्यक्ष भयमा राखेका हुन्छन् । उनीहरू अनुकूलका निर्णय नगरे सरकार नै अप्ठ्यारोमा पर्ने जोखिम हुन्छ । निजमती विधेयकमा कुलिङ पिरियडमा गरिएको चलखेल एउटा उदाहरण हो। तत्कालीन मुख्य सचिव एकनारायण अर्याल लगायतको चलखेल हो। स्थायी संयन्त्रले सहयोग गरेन भने सरकार असफल स्वतः हुन्छ भन्ने डरले प्रधानमन्त्री तथा मन्त्रीले यिनका कुरा वा सल्लाहलाई धेरै महत्त्व दिन्छन् ।
त्यस्तै अर्को शक्ति हुन सक्छन् । सेना, प्रहरी र सुराकी संयन्त्रको अगुवा आदि । यस्ता संयन्त्रहरू सरकारको अधीनस्थ रहेको मानिन्छ । तसर्थ, सरकारसँग यिनीहरू आफैँ डराउनपर्ने हो । तर, अनौपचारिकरूपमा एक यस्तो अवस्था निर्माण गरिएको हुन्छ कि स्वयम् सरकार उनीहरूसँग डराउनुपर्ने अवस्था आइरहेको हुन्छ । भदौ २४ मा ओली सत्ताच्युत हुनुमा यो पनि हुन सक्ने धेरैको आशंका छ।
जस्तै २०६६ बैशाख २० मा तत्कालीन प्रधानमन्त्रीले प्रधानपति रुक्माङत कटवाललाई हटाउन खोज्दा पदमुक्त हुन परेको थियोे ।
अर्को हुन्, विदेशी कुटनीतिज्ञ र जासुसहरू । शक्ति राष्ट्रका कुटनीतिज्ञ तथा जासुस स्थानीय डिप स्टेटसँग कुनै न कुनै रूपले जोडिएका हुन्छन् । यिनले आन्तरिकरूपमा निर्वाचित सरकारमाथि सधैँ एक प्रकारको दबाब बढाइरहेको पाईन्छ ।
परिवारवाद र फरियावाद अर्को शक्ति हुन् । जसले राज्यलाई असफल बनाएका उदाहरण छन् । प्रधानमन्त्री तथा मन्त्रीको श्रीमती ,छोराछोरी, परिवारका सदस्य । नातेदार तथा अन्य व्यक्तिहरूले राज्यलाई असफल बनाउँछन् । यसमा देउवा पत्नी आ रजु देखि प्रचण्ड पुत्री गंगा दाहालले नीति निर्माण तहमा दक्खल पारेको आ रोप छ। धनाढ्यहरूले गिफ्ट या उपहार आ दि दिएर अ नूकुलको निर्णय गराउँछन् । दीपक भट्ट जस्ता चल्तीका माफिया या विचौलियाहरूले पावरका लागि सम्बन्ध जोडेका हुन्छन् ।
त्यस्तै अर्को अदृश्य शक्ति हुन् धर्मगुरु या धार्मिक अभियान्ताहरू पनि यस्ता शक्ति हुन् । जस्तै अहिले चल्तीमा रहेका धर्मको एजेन्डा बोकेर हिडेका दुर्गा प्रसाईं हुन सक्छन् । जेनजी आ न्दोलनपछि प्रधानसेनापतिले वार्तामा बोलाउनु आ फैमा रहस्यमय छ।जबकि प्रसाईं मामुली मेडिकल व्यवसायी बाहेक कुनै हैसियत नभएको व्यक्ति हुन्। उनी धर्म, नैतिकता, आर्दश र अध्यात्मको उपदेश दिन्छन् । तर, राज्य शक्तिप्रति उनीहरूको मोह विचित्रको हुन्छ । उनीहरूसँग धार्मिक सम्प्रदाय वा संगठन हुन्छ । जनप्रभाव हुन्छ । त्यसमार्फत् समाज र राज्यलाई प्रभावित गर्ने ठूलो तागत राखेको पाईन्छ । नेताहरूसंग धर्मगुरुले सिधै पहुँच राख्छन् । गेरूवस्त्र भित्र शक्तिको चलखेल गरिरहेका हुन्छन् ।
अर्को समूह हुन्, लागू औषध तस्कर, आपराधिक समूह, माफिया, विचौलिया र गुण्डाको समूहहरू ।यीनीहरूले पनि डिप स्टेटको काम गरेको हुन सक्छन् । जस्तै भेनेज्वएला, बोलिभिया, कोलम्बिया, मेक्सिकोजस्ता केही देश उदाहरण हुन। यही आ रोपमा भेनेज्वेएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएको थियोे ।








