२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

कांग्रेसका असन्तुष्ट कुनै पनि नेता कार्यकर्ता लक्षित गाली गलौज नगर्नू : गगन थापा , सभापति, कांग्रेस


३ माघ २०८२, शुक्रबार  


नेपाली कांग्रेसका नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले असन्तुष्ट देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरेर गाली गलौज नगर्न निर्देशन दिएका छन् । शुक्रबार आधिकारिकताको दाबी गर्दै असन्तुष्ट देउवा पक्ष आयोगमा पुगेको छ । गगन विश्वसहितका नेताहरु पनि त्यहाँ पुगेका छन् ।


पार्टीको आधिकारिकता विवाद बढिरहेका बेला थापा र शर्माले अर्को पक्षका नेता कार्यकर्तालाई सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट गालिगलौज नगर्न र नेताहरुलाई घृणा नगर्न सर्कुलर गरिसकेको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

‘उनीहरुले भोलि आधिकारिकता पाएपछि सबैलाई मिलाएर समेटेर अगाडि बढ्नु पर्ने हुन्छ। अहिले अर्को पक्षमा रहेका नेतालाई गालि गलौज नगर्नू भनेर सभापति र उपसभापतिले भनिसक्नु भएको छ’, प्रवक्ता चालिसले भने।

यसअघि देउवा पक्षले भने आफूहरुलाई गगन थापा पक्षका नेताकार्यकर्ताले सामाजिक सञ्जालमा गालिगलौज गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

अहिले निर्वाचन आयोगमा दुई समूह भेला भएका छन्। आयोगभित्र गगन थापा समूह रहँदा बाहिर देउवा पक्षका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  ६ : २० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित