३ असार २०८३, बुधबार | Wed Jun 17 2026

अन्तरिक्षबाट फर्किएकी सुनिता विलियम्सको पूजापाठ, अन्धविश्वास कि,आध्यात्मिक चेतना ?


६ चैत्र २०८१, बिहिबार  


पूजापाठलाई अन्धविश्वास,पाखण्डता,पछ्यौटेपन र रूढ भन्ने समाजलाई अमेरिकन अन्तिरक्ष वैज्ञानिकले एक सन्देश दिएकी छन् । विज्ञान र आध्यात्म बुझेकी उनी यतिबेला संसार भर भाइरल छिन् ।

उनी ५९ वर्षिय वैज्ञानिक जसले विज्ञानको उच्चतम उपलब्धिको सीमा पार गरेर फर्किईन्।विज्ञानको यथार्थतलाई व्यवहार देखाईन् भने आ ध्यात्मिक चेतनाले ईश्वरप्रति श्रद्धा दर्शाइन्।उनको कर्मले विज्ञान विकास हो,आ ध्यात्म उच्चतम माानवीय चेतना भएको प्रष्ट हुन्छ।
जुन कुरा उनी ९ महिना अन्तरिक्ष भ्रमण सकेर पृथ्वीमा फर्किएर देखाएकि छिन् ।उनी अन्तरिक्षबाट फर्केपछि आरध्यदेवको पूजापाठमा जुटिन्। विज्ञानले इश्वरलाई स्विकार्दैन। तर, सफल अन्तरिक्ष यात्रापछि भगवानलाई पूजापाठले पुकारिन् ।यो आ फैमा उन्नत चेतना हो।विज्ञानका एक दुईवटा सुत्र जाने नेपाली माकर्सवादीहरूका नजरमा उनी अन्धविश्वासी नै ठहरिन सक्छिन्। आ खिर जे होस्। आध्यात्म परमतत्व हो, जसले चेतना दिन्छ ।त्यही चेतनाको जगमा विज्ञानले फड्को मार्छ।

अत्यन्तै चुनौतीपूर्ण अन्तरिक्ष यात्रा त्यो निर्धारित अवधि धेरै समयपछि पृथ्वीमा फर्किनु सहज पक्कै थिएन।अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर गएको ५ जुन २०२४मा बोइङको स्टारलाइनर अन्तरिक्षयानमा चढेर अन्तरिक्षमा गएका थिए । उनीहरूले स्पेस स्टेशनमा जम्मा ८ दिन बिताउने योजना थियो। तर, सो यानमा हिलियम ग्यास चुहिएका कारण उनीहरु निर्धारित समयमा पृथ्वीमा फर्किन सकेका थिएनन् ।

बोइङ स्टारलाइनरमा हीलियम लीक र थ्रस्टरमा समस्या भएसँगै अब उनीहरुलाई स्पेस एक्स कम्पनीको यानबाट फेब्रुअरीमा फर्किने भनिएपनि मार्चमा १८ मा ९ महिना पछि फर्केका हुन्।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ७ : २७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित