२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

पाँच पटक प्रधानमन्त्री भएका महाथीरले बदलेको ‘आधुनिक मलेशिया’ !


१३ फाल्गुन २०८२, बुधबार  


आधुनिक मलेसियाका निर्माता डाक्टर महाथिर मोहम्मद हुन्। जसले समृद्ध मलेसिया बनाए । विकसित र उन्नत मलेसियाको निर्माता महाथिर चिकित्सक सेवाबाट राजनीतिमा प्रवेश गरे। चिकित्सा पेशामा क्रियाशील रहँदा पनि उनी पार्टीको स्थानीय कमिटीमा संगठित थिए।

सक्रिय राजनीतिमा आउने लक्ष्यसहित उनी संयुक्त मलाय राष्टिय संगठनमा सक्रिय भए, जुन पार्टी मलेसियाको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी थियो। त्यसपछि उनलाई पार्टीको नीति निर्माण गर्ने कमिटीको जिम्मेवारी दिइयो, जसलाई सर्वोच्च परिषद भनिन्थ्यो।

महाथीरले सन् १९६४ मा एउटा त्यस्तो पुस्तक लेखे। जुन पुस्तकले मलेसियाको अर्थतन्त्रको शल्यक्रिया गर्ने सुत्रको काम गर्यो । ‘मलायको दुविधा’ नामक त्यस पुस्तकमा मलायका आदिबासी र चीनसँग सहकार्य गर्न मलेसियाको अर्थतन्त्र असफल भएको निष्कर्ष निकालिएको थियो, त्यसै कारण कट्टरपन्थी विचारका प्रधानमन्त्री अब्दुल रहमानले महाथिरको पुस्तकलाई प्रतिबन्ध लगाए र महाथिर पार्टीबाट निश्कासनमा परे। तर, विचारमा उनी स्पष्ट थिए, मलेसिया बनाउने उनमा भिजन थियो । दूरद्रष्टाको रूपमा चिनिने महाथीर सन् १९७२ मा पार्टीमा फर्किए ।

पार्टीमा फर्किए पछि महाथीर सन् १९७३ मा सांसद, १९७४ मा मन्त्री र १९७६ मा उपप्रधानमन्त्रीमा निर्वाचित भए र त्यसको पाँच वर्षपछि अर्थात सन् १९८१ मा मलेसियाको चौंथो प्रधानमन्त्रीमा निर्वाचित भएर सत्तामा पुगे ।

महाथिर प्रधानमन्त्रीमा निर्वाचित भएपछि व्यापक सुधारका काम थालिए। मलेसियाको अर्थव्यवस्था, संस्कृति र राज्यका नीतिहरुमा परिवर्तन गरियो । असल नीति र सक्षम नेतृत्वको कारण महाथीर लगातार पाँचपटक निर्वाचित भए ।उनी त्यस्ता भाग्यमानी नेता हुन्। जो अत्यधिक जनविश्वासका कारण लगातार २२ वर्ष मलेसियाको प्रधानमन्त्री बने । यसो हुनुमा उनको सफल नेतृत्व थियोे ।

उनका आर्थिक गतिविधि र विकासको यात्रामा अघि सारिएको नयाँ सोचले ल्याइदिएको अभूतपूर्व परिवर्तनको परिणाम थियो। उनी प्रधानमन्त्रीमा निर्वाचित भएपछि आर्थिक सूचाकांकहरु सकारात्मक बन्दै गए। राज्यमा ‘थिति’ बसाउन उनको कार्यकाल एकदमै महत्वपूर्ण रह्यो, राज्यमा जवाफदेहिताको अभ्यास हुन थाल्यो।जवाफदेही नेतृत्वको अभ्यासले कमजोरीलाई सच्याउने र राम्रा पक्षलाई अघि बढाउने गरियो । उच्च नैतिकता, निष्ठा र इमानले नेतालाई राजनेता बनाउँछ भन्ने कुरा उनले प्रमाणित गर्दै गए।

नेपालका हकमा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पनि महाथीर जस्तै पाँच पटक प्रधानमन्त्री त भए ।तर,देश डुबाए।मलेसियामा महाथीर पाँच पटक प्रधानमन्त्री भए र देश समृद्ध मलेसिया बनाए।त्यही मलेसियामा लाखौं नेपाली सहित विश्वका युवाहरू रोजगारीका लागि पुग्छन् ।

डाक्टर महाथिर प्रधानमन्त्री हुनुपूर्व सरकारी संरचनाको अवस्था विद्यमान नेपालको जस्तै अस्तव्यस्त र भद्रगोल थियोे । भद्रगोल सरकारी संरचनाहरुलाई उनले निजिकरण गर्न प्रारम्भ गरे। उनले सरकारी एयरलाइन्स, सेवा क्षेत्र, दुरसञ्चार लगायतका क्षेत्रको जनशक्ति कटौति गरे। जहाँ काम कम र साधन स्रोतको दोहन बढी हुन्थ्यो। उनले अनावश्यक कर्मचारीहरूलाई बिदाइ गरे। दलीय भर्तीकेन्द्रले सरकारी संस्थानहरूमा ज्यादै दोहन थियोे ।

यतिसम्म कि महाथीरकै पार्टीका कार्यकर्ता सबैभन्दा धेरै सरकारी संस्थानमा थिए। संस्थागत तथा संरचनागत सुधार मात्रै गरेनन् । भौतिक विकासमा ठूलो परिवर्तन गरे।।नेतृत्वको उच्च नैतिकता र इमानदारीताको आ लोकमा उभिएर मलेसियाको भौतिक र मानवीय विकासमा ठूलो क्रान्ति नै ल्याइदिए ।

विशेषगरी सन् १९८८ देखि १९९६ सम्मको अवधिलाई मलेसियाको आर्थिक क्रान्तिको दशक मानिन्छ। यस अवधिमा मलेसियाको आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा माथि रह्यो। त्यसको लागि महाथिरले २५ वर्ष लामो गुरुयोजना अघि सारेका थिए । उनको गुरुयोजनामा सन् २०२० सम्म मलेसियालाई विश्वकै विकसित राष्ट्रका रुपमा उभ्याउने थियोे र छ ।

गुरूयोजना अनुसार उनले कृषि, प्राकृतिक संशाधन, निर्यात र पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाए ।जसले मलेसियाको आर्थिक उन्नतिले फड्को मार्न थाल्यो ।

देशको आर्थिक उन्नतिका लागि उनी निकै निर्मम थिए। कठोर शासकको रूपमा पनि चिनिने महाथीरले सन् १९८० को दशकमा आर्थिक विकासका लागि राष्ट्रिय सुरक्षा महत्वपूर्ण हुने उनले निष्कर्ष निकाले । सन् १९८७ मा महाथिरले आन्तरिक सुरक्षा ऐन अघि सारे । त्यस ऐनमा राष्ट्रिय संकल्पसामू अरु सबै कुरा गौण भएको मान्यता उल्लेख थियो। यस ऐन लागू भएपछि देशका चार प्रतिष्ठित पत्रिकामाथि पनि प्रतिबन्ध लगाइएको थियोे ।महाथीरले आफ्नो कठोर नीतिको विरोध गरेको भन्दै प्रतिबन्ध लगाएका थए। त्यसको आलोचना पनि खुबै भएको थियोे ।

उनले यति मात्रै गरेनन् , पूर्व उपप्रधानमन्त्री अनवर इब्राहिमसहित थुप्रै नेता र धर्मगुरुहरुलाई गिरफ्तार गर्न लगाए। यति सम्मकी संविधानको व्याख्या सर्वोच्च अदालतले गर्ने व्यवस्थालाई समेत उनले बदलिदिए। उनको नियन्त्रणमुखी कार्यलाई महाथिरका विरोधीहरुले लोकतन्त्रमाथिको प्रहार भन्न न्थे। तर, आर्थिक विकासका क्षेत्रमा उनले गरेको अतुलनीय योगदानका कारण जनता माझ सर्वाधिक लोकपृय थिए ।

सन् १९८१ देखि सन् २००३ सम्म महाथीर मलेसियाका प्रधानमन्त्री भएका थिए । उनको २२ वर्षे शासनकाललाई मलेसियाको आर्थिक क्रान्तिको युग पनि भनिन्छ । महाथीरको दरिलो दृष्टिकोणबाट मलेसियामा यस्तो भौतिक र समाजिक परिवर्तन ल्याए कि मलेसिया विश्वमञ्चमा आर्थिक शक्तिको रूपमा जबर्जस्त रूपले उदायो।

उनले सुरु गरेको आर्थिक उदारीकरणका कारण मलेसियाले विश्वको सबैभन्दा तीव्र गतिको विकास दर हासिल गर्‍यो। उनले मलेसियाका जनताहरूलाई बढी उत्पादनशील बनाए, तिनलाई उच्च प्रविधि अपनाउन प्रेरित गरे र संसारभर महत्वपूर्ण लगानी गर्न थाले। उनकै कार्यकालमा शक्ति राष्ट्रहरुसँग दरिलो कुटनीतिक सम्बन्ध स्थापित भयो।

उनले सुरु गरेको राष्ट्रिय मेलमिलापको सकारात्मक नीति थियोे । जसले मलेसियामा रहेका तीन मुख्य जातिहरूबीच एकता सद्भाव र मेलमिलाप गरायो। मलेय, चिनियाँ र भारतीयहरू सबैको बीचमा मेलमिलापको वृद्धि भयो । समावेशिता बढ्यो, समान रूपमा समृृद्धि हासिल हुदै गयो। त्यसका अतिरिक्त मेलेसियाली परिचय र आत्मसम्मान निर्माण भयो। जसको परिणाम मलेसिया एक धनी र समृद्ध देश बन्न सकेको छ।

मलेसिया सन् १९५७ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको नयाँ राष्ट्र हो। मलेसियाको स्वतन्त्रताको इतिहास ६२ वर्ष लामो इतिहास रहेको छ। नयाँ राष्ट्र निर्माण भएको यति छोटो अवधिमा मलेसियाले आफूलाई विकसित राष्ट्रको स्थानमा पुराएको छ । आ जको उन्नत समृद्ध मलेसियाको श्रेय उनै डाक्टर महाथिर मोहम्मदलाई नै जान्छ। उनको त्यही योगदानका कारण महाथिर ९२ वर्षको उमेरमा पनि प्रधानमन्त्री भएका थिए ।

२२ वर्षमा पाँच पटक प्रधानमन्त्री भएका उनी छैठौं पटक प्रधानमन्त्री बन्न सकेनन् । आधुनिक मलेसियाका निर्माता महाथीरले निर्वाचनमा सर्मनाक हार बेहोर्न पर्यो। तीन वर्ष अघि सन २०२३ को निर्वाचनमा उनी पराजित भए ।९७ वर्षको उमेरमा उनलाई राजनीतिक विश्राम लिन भनिएको थियोे ।तर,जनताको मतबाट परीक्षण भएर विदाइ हुने उनले बोलेका थिए।

मलेसियाका जनताले पनि उनलाई मतबाटै विदाइ गरेका थिए। यसर्थ सारमा के हो भने नेतामा नेतृत्वको खुबी भयो भने देश अवस्य बन्छ, उदाहरण महाथीरले संसारलाई दिए। चुनावी परिणाम प्राविधिक हो। हार जित ठूलो कुरा होइन। ठूलो कुरा त देश र जनता प्रतिको इमान्दारिता र वफादारिता हो।यही संकल्प थियोे ।जसको कारण आज मलेशिया समृद्ध र विकसित बन्यो।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ५ : ३० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित