२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

दाङ २ मा हेविवेट नेताद्वय विपीन आचार्य र शंकर पोखरेलबीचको प्रतिस्पर्धा रोचक !


१० माघ २०८२, शुक्रबार  


२१ फागुन जति नजिकिदैछ,उति रोचक बन्दैछ,दाङ क्षेत्र नम्बर २ को चुनावी गतिविधि । रास्वपा संस्थापक सहमहामन्त्री विपीन कुमार आचार्य र एमाले महासचिव शंकर पोखरेल जस्ता हेविवेट नेताहरूबीच मुख्य भीडन्त हुने भएकोले यश क्षेत्र सबैको चासो भएको हो।

यी दुई हेविवेट नेताबीचको पहिलो चुनावी प्रतिस्पर्धा भएकोले दाङ क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धाको विषयमा चासो बढेको हो।

विघटित प्रतिनिधि सभाको चौथो ठूलो दल रास्वपा र दोश्रो ठूलो दल एमालेका शक्तिशाली नेताबीच प्रतिस्पर्धा हुने भएपछि दाङ क्षेत्र नम्बर २ सर्वाधिक चासो भएको राजनीतिक जानकारहरू बताउँछन् ।


२०७९ को प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ साविकको मा ओवादी केन्द्रकी नेता रेखा शर्मासंग एमाले महासचिव पोखरेल पराजित भएका थिए। कांग्रेससंगको चुनावी गठबन्धनमा रेखा शर्माले बाजि मारेकी थिईन्।

२०५६ मा कृष्णकिशोर घिमिरेसंग पराजित भएका पोखरेल २०७४ मा माओवादी केन्द्रको समर्थनमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।एमाले पार्टी भित्र प्रभावशाली नेता मानिने पोखरेल अधिकांश निर्वाचनमा भने पराजय भोग्दै आएका छ। ।

१ लाख ४० हजार बढी मतदाता भएको दा निर्वाचन क्षेत्र नम्बर २ मा यश पटक ७ हजार ३ सय ३६ नयाँ मतदाता थपिएका छन् । २०७९ मा १ लाख ३३ हजार ४८५ मतदाता रहेकोमा सदर मत ७४ हजार ४८९ थियोे ।

यश मध्ये एमालेले २३ हजार ५८६ , कांग्रेसले १९ हजार ५९२, माओवादी केन्द्रले १० हजार ५२० र रास्वपाले १३ हजार ३३ समानुपातिक मत प्राप्त गरेका थिए । यसपटक सदर मत ९० हजार भएमा कम्तिमा २५ हजार मत लिनेले बाजि मार्न सकिने अनुमान छ। एमालेलाई विगतको मत रोक्न र रास्वपालाई बढाउने पर्ने देखिन्छ ।


यस्तै २०७९ मा कांग्रेस दोश्रो स्थानमा छ भने माओवादी चौथो थियो । यसपटक विपीन र शंकर हेविवेट नेता भएकोले चर्चामा रहेको क्षेत्र नम्बर २ मा कांग्रेस र नेकपाले लो प्रोफाइलका नेतालाई अघि सारेका छन् ।


पछिल्लो समय नयाँ दल रास्वपाप्रति रूझान ज्यादा भएको देखिन्छ । भदौको जेनजी विद्रोहपछि प्रमुख दलहरूप्रति चर्को असन्तुष्टि भएको पाइएको छ। तत्कालीन सत्तारूढ दल एमालेका लागि युवा विद्रोह र दमनको नीति महंगो बन्ने बुझाइ पाइएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शुक्रबार  १० : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित