२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

बालेनको ‘अभूतपूर्व क्रेज’! खतरा जोनमा ओली


७ माघ २०८२, मंगलबार  


परिवर्तनको सम्वाहक हो,तातो र रातो रगत भएको युवा शक्ति । चेतना,हुटहुटी ,सपना र सिर्जनाले सशक्त हुन्छ यो पक्ति । आवेग र उत्तेजना अनि महत्त्वकांक्षा अवस्य हुन्छ र हुनुपर्छ पनि तन्नेरीमा ।

तिनै तन्नेरी शक्तिको नेतृत्व गर्दै बालेन साह संसदीय निर्वाचनको महाभीडन्तमा छन् । ३ वर्ष काठमाडौ महानगरमा कुरा छोडेर काममा दत्तचित्त बालेन प्रतिनिधि सभामा प्रवेशका लागि प्रतिस्पर्धा गर्न पुगेका छन् झापा ५ मा ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको गृहजिल्ला मात्रै होइन, यश अघि ६ पटक निर्वाचन शानदारले जितेको क्षेत्र हो यो झापा पाँच । गएको २०७९ को निर्वाचनमा दोब्बर मतले बाजि मारेका ओलीसंग बालेनको यश पटक कडा प्रतिस्पर्धा हुने देखिन्छ।

एमाले अध्यक्ष ओलीलाई यसपटक जीतको त्यति सहज देखिन्न । मेयर भएर बालेनले कमाएको लोकपृयताका अघि ओलीको ६५ महिना सत्ता सञ्चालनले सिर्जना गरेको चरम अलोकपृयताले यहाँ धोका दिने देखिन्छ । विशेषगरी जेनजी आन्दोलनमा भएको नरसंहार र भ्रष्टाचारका आरोप ओलीका लागि महंगो देखिएको हो।

युवा पुस्ताले अत्यधिक रूचाएका बालेनको पक्षमा मनोनयन दर्तामा देखिएको यो जनसागरको अभूतपूर्व दृष्यले धेरैको ओठ तालु सुकाएको हुनुपर्छ । डिजिटल प्लाटफममा सशक्त बालेन पब्लिक फेसमा पनि उत्तिकै लोकपृय देखिए ।

मेयर हुँदा काम गर्न पर्ने भएकोले जनसंवाद हुन नसकेको बताउँदै उनले अब बोल्ने बेला आएको बताएकाछन् । काठमाडौबाट मधेस झरेका उनले जनकपुरमा शुभचिन्तक र समर्थकलाई सम्बोधन गरे। बालेन हेर्न हजारौं जनता पुगे ,जनकपुरधाम ।

जनकपुरबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेका उनीप्रतिको लोकपृयता झनै चुलियो । रास्वपाप्रति जनताको रूझान ज्यादा छ नै ।त्यसैमा पनि जनकपुरदेखि झापासम्म बालेनको यो अभूतपूर्व लोकपृयताले सबैलाई जिब्रो टोक्ने बनाएको पक्कै हुनुपर्छ ।

उनको यो क्रेजका अघि प्रमुख दलहरू निरीह जस्ता देखिएका छन् । कांग्रेसमा गगनले जबर्जस्त पहल लिएपछि कांग्रेस केही तंग्रिने देखिएपनि एमालेमा नेतृत्व दोहोरिएपछि जनता झन् आक्रोशित देखिन्छन्।

फागुन २१ को निर्वाचन प्रतिकूल भएकै कारण निर्वाचनको सट्टा एमालेले संसद व्युउताउने माग गर्यो।तर,गगन कांग्रेसको नेतृत्वमा आएपछि उसको अघि बाध्यतावश निर्वाचनमा जानुको विकल्प थिएन र छैन पनि। यहि बाध्यताको बीचमा एमाले चुनावमा होमिएको हो। पार्टीको तर्फबाट प्रधानमन्त्रीको रूपमा अघि सारिएका ओलीका लागि आफ्नै गृहजिल्ला असुरक्षित देखिएको छ।

पार्टी अध्यक्षलाई आफ्नै गृहजिल्लामा चुनाव जित्न मुश्किल देखिनुले अन्यको हालत कस्तो होला रु यो निकै संगीन प्रश्न होइन र रु बालेनसंगै रास्वपाको उर्लदो क्रेजले झापा ५ सहित देशभर औधि रूझान देखिन्छ । ।यद्यपि फागुन पछिको नतिजाबाटै यसको ठोस जवाफ त अवस्य नै आउला ।

तर, सत्य के हो भने उम्मेदवार मनोनयनको दिन झापा ५ मा जे दृश्य देखियो । त्यो दृष्यले ओलीको सर्मनाक पराजयलाई रोक्न भगवानलाई पनि मुश्किल हुन सक्छ ।
बालेनको पक्षमा खुलेका यी हजारौं जनताको यो भीडले बालेनको विजयलाई रोक्न नसक्ने देखिन्छ । रास्वपाको घण्टी चिन्हबाट उनी चुनावी मैदानमा भएपनि उनको व्यक्तित्वको क्रेज ज्यादा छ ।

१ लाख पचास हजार हाराहारी मतदाता भएको यश क्षेत्रमा २०७९ मा ओलीले ५२ हजार मत लिएका थिए। त्यतिबेला राजेन्द्र लिङ्देनको पार्टी राप्रपाले ७ हजार मत थपिदिएको थियोे । निकटतम प्रतिद्वन्दी भन्दा दोब्बर बढीले विजय हासिल गरेका ओलीलाई यश पटक बालेनले दोब्बर मतले पराजित गरेमा कुनै आश्चार्य नहोला कि ?

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ७ : ५४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित