२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

गगन विश्वले ‘त्राण’ भरेको कांग्रेस !


७ माघ २०८२, मंगलबार  


भदौ २३ र २४ को जेनजी विद्रोह असन्तुष्टिको विस्फोट थियोे । तत्कालीन कांग्रेस एमाले गठबन्धनको अक्षमता र अकर्मण्यताविरूद्धको युवा विद्रोह थियोे । दुनियाँलाई चकित पार्ने युवा विद्रोहले कांग्रेस चार महिनासम्म बेहोसी थियोे ।

यद्यपि गगन विश्वले नयाँ परिस्थिति र वस्तुस्थितिको आधारमा कांग्रेस बदलिनुपर्ने निरन्तर दबाब पार्टी भित्र राखेपनि संस्थापन पक्ष महाधिवेशन सार्ने एक सत्र मात्रै देखेकोथियोे । उसंग न परिवर्तित राजनीतिका विषयमा बहस थिए न छलफल ।सकेसम्म संसद व्युउताउनु नै थियोे । एमाले अध्यक्ष ओलीसंग सहकार्य गर्ने पछिल्लो कोशीस थियोे, देउवाको ।

मृत जस्तै बनेको कांग्रेसलाई बौराउने कि सिद्धिन दिने भन्ने चुनौति गगन विश्व अघि थियोे । तर,लामो इतिहास बोकेको पार्टीमा त्राण भर्ने विकल्प देखे उनीहरूले । पुस अन्तिममा देउवा समूहको हरेक अवरोधलाई छिचोल्दै विशेष महाधिवेशन मार्फत गगन नेतृत्वमा नयाँ कांग्रेस बन्यो । देउवा समूहको अनेकन अड्चन चिर्दै माघ ६ मा देशभर उम्मेदवारले मनोनयन गरे भने देउवा समूहले निर्वाचन आयोग विरू्द सर्वोच्चमा दायर गरेको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेपछि कांग्रेस निर्वाचनमा जान बाटो सहज भयो।

म्याद सकिएको कांग्रेस बोकेर चुनावमा जाने देउवा असफल मात्रै भएनन् ।उनी अब चुनावी मैदानमा नजाने गरि बाहिरीए ।डडेलधुरामा नैनसिंह महरलाई उम्मेदवारी दिन देउवा सहमत भएपछि लगभग यो समूह सेटब्याक भएको देखिन्छ ।यद्यपि यो समूहको अस्तु भने बाँकी छ ।
विधानले सुस्पष्ट गरेको व्यवस्थाको गलत अर्थ लगाएर दिग्भ्रमित पार्न खोजियो।जबकि विधिसम्मत विशेष महाधिवेशनको माग भएपछि त्यो जसरी पनि गर्नुपर्थ्यो देउवाले । महिना डेढ महिना अर्थहिन बैठक गरेर झुलाईयो। आफ्नै म्याद थपेर बैशाखमा धकेलियो।

तर, देउवाहरू जतिसुकै रोक्न खोजेपनि युवा कांग्रेसी रोकिने वाला थिएनन् । अन्ततः भृकुटीमण्डपमा पहिलोपल्ट कांग्रेस जुरुक्क उठेको देखियो । स्वंय कांग्रेसी मात्रै होईन, गैरकांग्रेसीले पनि कांग्रेस जाग्नु जरूर भएको महशुस गरे। युवाहरूले आँट गरेर नयाँ कांग्रेस बनाए। जतिसुकै असहयोग र धम्कीले गगनहरू गलेनन्। बरू अघि बढे।करिब दुई तिहाइ मतले नेतृत्व लिएका गगनहरूसंग वैधताको समस्या थिएन र भएन पनि ।


यही वैधता र विश्वास लिएर गगनहरू निर्वाचनमा होमिएका छन् । विशेषगरी नयाँ पुस्ता चुनावी मैदानमा छन् । यश पटक कांग्रेसका बृद्ध नेता थोरै देखिन्छन् । देशकै पुरानो र लोकतान्त्रिक पार्टी भए पनि देउवाले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री बनाउनु र राजकीय पदमा भाग मिलाउनु बाहेक कुनै उपलब्धि देश र कांग्रेसका लागि गरेनन् ।

बरू विभित्र भ्रष्टाचारका काण्ड लागेका पात्र बोकेर आफूलाई बलियो बनाउन कोशीस गरे। अन्ततः पार्टी नेतृत्व पनि गुमेपछि देउवा निर्वाचनमा भाग लिन पनि हिच्किचाए।टिकट वितरणमा पारदर्शी भएको बताउँछन् कांग्रेस नेता विनोद चौधरी। कांग्रेसको इतिहासमा पहिलो गरेको उनको भनाइ छ। टिकट वितरणमा विगतमा पैसाको लेनदेन हुन्थ्यो ।

यश पटक यस्ता अपारदर्शी काम ठप्प भए। यसले कांग्रेस सुदृढ भएको देखिन्छ ।यद्यपि उसले जनताको मन जित्न धेरै पसिना बगाउनु छ ।किन देउवाले कांग्रेसलाई लगभग आर्यघाटमा पुराएका थिए।मृत अवस्थामा पुगेको कांग्रेसलाई गगन विश्वले बौराए। बौरिएको कांग्रेस देशभर चुनावी मैदानमा छ। गगनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरि अघि बढेको कांग्रेस ९० को हाराहारी सीट लिन सकेमा त्यो ठूलो उपलब्धि हुनेछ ।

कोमामा भएको कांग्रेसलाई बौराएर अघि बढेका गगन भावी प्रधानमन्त्री बन्न अनुभव र अध्ययनले पनि काबिल कांग्रेसका सभापति हुन्। कांग्रेस विभाजनको खतराबाट जोगिएकोले मत पनि धेरै लिने अनुमान छ।कांग्रेस रूझानमा सकारात्मक संकेत देखिएकोले पहिलो दल नभए पनि दोश्रो बन्न गाह्रो नहोला कि ?

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ८ : ५९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित