६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

पर्यटन प्रवर्द्धनका शर्तसहित खुल्यो,सामाजिक सञ्जाल ‘टिकटक’

६ भाद्र २०८१, बिहिबार  

सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको बताइएको छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० साल कात्तिक २७ टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँग नेपालमा सामाजिक संजाल टिकटक बन्द थियो । तर, राजनैतिक समिकरण परिवर्तन भएसंगै एमाले नेतृत्वको सरकारले टिकटकमाथि लागेको प्रतिबन्ध हटाएको हो ।

नेपालको पर्यटन प्रवर्द्धनसहितका ४ शर्तमा टिकटक खोल्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको संचार मन्त्रालयले जनाएको छ । सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त समेत राखेको छ ।सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए । सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने सरकारले तयारी गरेको छ।

टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने संचारमन्त्री गुरुङले जानकारी दिए ।सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको बताइएको छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० साल कात्तिक २७ टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँग नेपालमा सामाजिक संजाल टिकटक बन्द थियो । तर, राजनैतिक समिकरण परिवर्तन भएसंगै एमाले नेतृत्वको सरकारले टिकटकमाथि लागेको प्रतिबन्ध हटाएको हो ।

नेपालको पर्यटन प्रवर्द्धनसहितका ४ शर्तमा टिकटक खोल्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् । टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने सर्त अघि सारेको संचार मन्त्रालयले जनाएको छ । सरकारले पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त समेत राखेको छ ।सरकारले राखेका शर्तहरु पूरा गरी दर्ता गरेर आएको दिनदेखि प्रतिबन्ध हटाउने निर्णय भएको सरकारका प्रवक्ता गुरुङले बताए । सामाजिक दुर्भावना, अरूलाई गालीगलौज गर्ने भाषा प्रयोग गर्न नदिने र त्यसमा नियन्त्रण गर्नेगरी समझदारी भएको दिनदेखि प्रतिबन्ध हटाइने सरकारले तयारी गरेको छ।

टिकटक जस्तै अरू सामाजिक सञ्जालले पनि अब उप्रान्त प्वाइन्ट अफ कन्ट्याक्न्ट दिनुपर्ने र सरकारले राखेका पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरता लगायतका विषयमा प्रवर्द्धन गर्नेगरी सूचिकृत भएपछि मात्रै सञ्चालन गर्न पाउने संचारमन्त्री गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ८ : ४० बजे

©2026 Sarajuonline सर्वाधिकार सुरक्षित