रास्वपाले फागुन २१ को निर्वाचनपछि बालेन्द्र साहलाई प्रधानमन्त्रीमा प्रस्ताव ग¥यो । काठमाडौ महानगरको प्रमुख भएर काम गरेका बालेनलाई उस्ले झापा ५ बाट निर्वाचन लडाउँदैछ । झापा ५ एमालेका अध्यक्ष केपी ओलीले ६ पटक निर्वाचन जितेको क्षेत्र हो । ओलीले तारन्तर निर्वाचन जित्दै आएको क्षेत्रमा यस पटक उनी बालेन्द्र साहसंग भिड्ने भएका छन् ।
जेनजी विद्रोहले सत्ताच्यूत भएका ओलीको झापा ५ मा बालेन्द्र साह चुनाव लड्ने भएपछि बेस्सरी छाति पोलेको छ । विपक्षीप्रति सधै शत्रुवत व्यवहार गर्ने ओलीले बालेन र रविलाई लुसिफर र ठग भन्दै आफूसंग उनीहरुको गणना नै नहुने भन्दै उडन्ते तर्क गर्छन् ।
्एकताका देउवासंगको सत्ता सहयात्रामा आफ्नो सरकार २१ तोपले पनि नढल्ने भन्दै हिडेका ओली सरकारलाई २७ घण्टामा जेनजीहरुले ढलाइदिए । ज्यान जोगाउन सेनाको हेलिकप्टरबाट भागेर बाल बाल बचेका ओली यतिबेला भने नयाँ पुस्तालाई विदेशी एजेन्ट भन्नेदेखि अराजनीतिक र अशोभनीय संज्ञा दिइरहेका छन् । आफूलाई बालुवाटारको स्थायी प्रधानमन्त्री ठान्ने ओलीले आफ्नो शासन कालमा जनताले दुध र भात खाएको तर्क गर्दै नयाँ पुस्ताले देश सकाउन परिचालित भएका पात्रको रुपमा दर्शाउँछन् ।
उनको अहंकार, दम्भ, घमण्ड र प्रतिशोधको असीमित छ । उदण्ड, उत्तेजना र उरेन्ठेउला तर्क गरेर कहिल्यै नथाक्ने ओलीको यस्ता निषेधात्मक अभिव्यक्ति उनका वफादार कार्यकर्ता बाहेक आम जनताले विश्वास गदैनन् । किनकी पटक पटक प्रधानमन्त्री भएर देशमा भ्रष्टाचार, विकृति र विसंगतीको महल बनाएका उनीप्रति जनताको विश्वास नभएको हो ।
विगतको नतिजाको विवरण देखाएर उनले जतिसुकै हुँकार गरेपनि मेचीमा धेरै पानी बगिसकेको उनले भुसक्कै विर्सेका छन् । हिजो उनी पहिलो पटक संविधान सभाको निर्वाचन हार्दा जन्मिएको पुस्ता यतिबेला बालिग भएको छ । उसको सोच र योजना धेरै फरक छ । अब यो पुस्ताले हावादारी र उरेन्ठेउले गफ सुनेर उनलाई मतदान कदापि गर्दैन । तर, पनि ओली यी वास्तविकतालाई पनि सर्लक्कै टाढा राखेर उन्मादपूर्ण अभिव्यक्ति दिएर सन्तोष मान्ने गर्छन् । तर, रास्वपाले झापा ५ मा बालेन्द्र साहलाई भिडाउने भएपछि उनीमा थप बर्बराहट देखिएको हो । आफू सर्वज्ञानी र सर्वध्यानी ठान्ने ओलीका लागि रास्वपाका वरिष्ठ नेता बालेन साह काउछो बनेका हुन्।
जति जति प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै गएको छ, उति उति यस झापा निर्वाचन क्षेत्र नम्बर–५चर्चामा चुलिदै गएको छ । एमालेलाई विरासत जोगाउने चिन्ता छ भने रास्वपालाई ओलीलाई पराजित गर्न सकेमा संसद प्रवेश गर्न उनलाई रोक्न सकिने विश्वस्त छ । सामाजिक सन्जालमा सर्वाधिक लोकपृय बालेन्द्र साहलाई भाफा ५ का मतदाताले विश्वास गर्छन् या गर्दैनन् त्यो भोलिका दिनमा पक्कै थाहा होला । तर, सत्य यो होकी हिजो ओलीले बार बार निर्वाचन जिते भन्ने तर्कमा कुनै दम छैन । किनकी नयाँ पुस्ता मात्रै होइन, ओली, देउवा र प्रचण्डसंग जनता वाक्कदिक्क छन् । उनै असफल नेतालाई फेरि सत्तामा फर्किने अवसर यस पाली मतदाताले देलान् भन्नेमा विश्वास छैन ।
अर्काे तथ्य के पनि हो भने झापा ५ बालेनका लागि नयाँ राजनीतिक भूगोल हो । यहाँ उनको न त पारिवारिक सम्बन्ध छ, न त लामो राजनीतिक इतिहासको पृष्ठभूमि छ। । अहिलेसम्म ओलीका लागि झापा–५ सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र मानिएको छ । २०४८ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै आएका ओली यहीँबाट निर्वाचित भएर पटक–पटक प्रधानमन्त्री बनेका छन् । यदि बालेन शाह झापा–५ बाट उम्मेदवार बने भने ‘पूर्वप्रधानमन्त्री भर्सेस् भावी प्रधानमन्त्रीबीचको प्रतिस्पर्धा पक्का छ । ०००








