२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नेपाल नगर समितिकाे कार्यक्रम सम्पन्न


१० श्रावण २०८३, आइतबार  


राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपाल नगर समितिको कार्यक्रम सम्पन्न भएको छ। नगर अध्यक्ष दशरथ ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राकेश बस्नेतले गरेका थिए

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज ओलीले नगरपालिकाभित्र अझै पनि खानेपानीको पहुँच नपुगेका तथा जीर्ण अवस्थामा रहेका खानेपानी योजनाहरूको पहिचान गरी आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित निकायसँग अनुरोध गरिने बताए।

उनले जिल्लाभर खानेपानीको शुद्धतासम्बन्धी प्रश्न उठिरहेको उल्लेख गर्दै जिल्ला खानेपानी डिभिजन प्रमुखलाई आवश्यक पहलका लागि अनुरोध गरिने जानकारी दिए। साथै जिल्लाका सबै खानेपानी योजनाको पानी परीक्षण (वाटर टेस्ट) गराउने कार्यमा महासंघले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले सुरक्षित, स्वच्छ र गुणस्तरीय खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ५ : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित