३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

आइएमई विजेता प्रमिला रोकायालाई आइएमई ग्रुपले घरमै पुगेर दियो,१ करोड रकमको चेक


१३ पुस २०८१, शनिबार  


 वैदेशिक रोजगारीबाट आर्जन गरेको रकम आइएमई गर्दा १ करोड पुरस्कार जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ ।

जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी उनलाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको बताइन् । गएको असोज महिनामा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएका थिईन्।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले  गएको वर्षदेखि सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना  अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोटमा यश वर्षको लागि प्रमिला परेकी थिईन्।

आइएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा  रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए । आइएमईले  वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ३ : ०० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित