१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेपालद्वारा बाह्रै महिना विद्युत निर्यात, विद्युत व्यापारबाट पाैने १९ अर्ब नाफा !


७ श्रावण २०८३, बिहिबार  


नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष ०८२/८३ मा बाह्रै महिना निर्यात गरेको छ ।

गएकाे आर्थिक वर्षमा २९ अर्ब ३२ करोड ४७ लाखको बिजुली निर्यात गरेको नेपालले आयात भने १० अर्ब ५६ करोडको मात्र गरेको हो । निर्यात बढ्दा विद्युत् व्यापारबाट नाफा पनि १८ अर्ब ७६ करोड ५० लाख रुपैयाँ भएको छ ।

स्वदेशी उत्पादनमा भएको वृद्धि र चैत–वैशाखमा पनि पानी पर्दा भारत र बंगलादेशमा विद्युत् निर्यातमा उछाल आएको हो भने भारतबाट हुने आयातमा गिरावट आएको छ ।

प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्ष २०८/र८२ मा चार अर्ब ५४ करोड ८० लाख रुपैयाँ मात्र रहेको व्यापार बचत गत वर्ष झन्डै चौबरले बढेको हो ।

गएको आर्थिक वर्षमा नेपालले भारत र बंगलादेशमा गरी तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेर २९ अर्ब ३२ करोड ४७ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी त्यस अघिल्लो आर्थिक वर्ष २०८१/८२ ९१७ अर्ब ४७ करोड १० लाख रुपैयाँ को तुलनामा ६७।८४ प्रतिशतले धेरै हो ।

प्राधिकरणले बर्खायाममा भारतमा एक हजार मेगावाटभन्दा बढी र बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू नदीप्रवाह (आरओआर) मा आधारित भएकाले सामान्यतया जेठ अन्तिमदेखि पुस पहिलो सातासम्म मात्र बिजुली निर्यात हुने गर्दथ्यो । तर, गत वर्ष चैत र वैशाखजस्ता ‘अफसिजन’ मा समेत परेको पानीका कारण उत्पादन बढेपछि बाह्रै महिना बिजुली निर्यात गर्न सफल भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ७ : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित