प्रधानमन्त्री बालेन शाह पछिल्लो समय घरेलु तथा बाह्य सम्वादमा सक्रिय छन् । स्वदेशमा निजी क्षेत्रहरुसंग सम्वाद जारी राखेका प्रधानमन्त्री बालेनले भारत भ्रमणको लागि सक्रियता पनि देखाएका छन् । सरकारले एक सय दिनमा गरेका कामको समीक्षापछि भारतइि प्रधानमन्त्री मोदीको निम्तो मान्न उनी दिल्ली भ्रमणको शुभसाइतमा जुटेका हुन् ।
यस अघि परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणसंगै दुई देशबीचको विविध आयामा संवाद गरेर फर्किएका थिए । पछिल्लो समय प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार हालै नयाँदिल्लीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
यस भेटवार्ताले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध सुधार गर्दै प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको आधार तय गरेको बताइएको छ । वेन र डोभलबीच्को भेटवार्तामा कूटनीतिक पहललाई अघि बढाइएको छ। वेनको डोभलसंगको भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जानु अघि नै आउँदो सेप्टेम्बर ८ भन्दा पहिले भारतको भ्रमण गर्ने तयारी गरिरहेका छन् । यही सन २०२६ को जुनमा नेपालका विदेशमन्त्री शिशिर खनालले पनि नयाँदिल्लीमा अजित डोभलसँग भेटवार्ता गरी सुरक्षा र आर्थिक सहयोगबारे छलफल गरेका थिए ।
बेनको साथमा उनका निकटतम सहयोगी रोशन खड्का पनि थिए। प्रधानमन्त्रीको कार्यालय यस प्रतिनिधिमण्डलले भारतको विदेश मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि उच्च–स्तरीय छलफल गरेको थियो। यो कम चर्चामा रहेको भ्रमण परराष्ट्रमन्त्री शिशिर खनाल र अध्यक्ष रवि लामिछानेजस्ता नेताहरूको हालैका उच्च–स्तरीय भेटघाटपछि भएको हो । उनीहरूले यसअघि नै नेपालको नयाँ सरकारका मुख्य प्राथमिकताहरूबारे भारतीय नेतृत्वलाई जानकारी गराइसकेका थिए। यद्यपि, बेनको भ्रमणको मुख्य उद्देश्य भने प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणका लागि आधार तयार पार्नुमा केन्द्रित थियो।
राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाललाई बालेन सरकारको छिमेक नीति र रणनीतिक प्राथमिकताहरूबारे जानकारी गराइएको थियो । सम्भावित एजेन्डा र व्यवस्थापकीय पक्षहरूबारे विस्तृत छलफल पनि भएको बुझिएको छ । प्राप्त जानकारी अनुसार भ्रमणको मिति यकिन भइनसके पनि, दुवै पक्ष संयुक्त तयारीका साथ अघि बढ्न सहमत भएका छन्।
डोभालले युवा नेताका रूपमा निर्णायक जनमत प्राप्त गरेका प्रधानमन्त्री शाहलाई वर्तमान राजनीतिक गतिलाई सदुपयोग गर्न सकेसम्म चाँडो भारत भ्रमण गर्नुपर्ने कुरामा जोड दिए। नेपालसम्बन्धी भारतको विदेश नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने र प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्रसमेत रहेका डोभालले नयाँ दिल्लीमा शाहलाई स्वागत गर्न भारत आतुर रहेको बताइएको छ । कूटनीतिक क्षेत्रमा देखिएको केही समयको चिसोपनपछि यो रणनीतिक पहल अघि बढेको हो।
सुरुमा भारतीय राजदूत नवीन श्रीवास्तव र विदेश सचिव विक्रम मिस्रीसँगको भेटवार्ताको प्रस्ताव प्रधानमन्त्री शाहले अस्वीकार गरेपछि काठमाडौं र नयाँ दिल्लीबीचको सम्बन्धमा केही शिथिलता आएको थियो। यद्यपि, रास्वपा अध्यक्ष लामिछानेसँगको घनिष्ठ परामर्शमा गरिएको ’बेन’को भ्रमणले सम्बन्धको गतिलाई पुनः सुदृढ बनाउने काठमाडौंको दृढ प्रतिबद्धतालाई संकेत गर्छ।
काठमाडौंमा ’बेन’ सँगको ब्रिफिङपछि, प्रधानमन्त्री शाहले यसै साता राजदूत श्रीवास्तवसँग प्रत्यक्ष र ’वान–अन–वान’ भेटवार्ता गर्ने तयारी गरेका छन्। परराष्ट्र मन्त्रालयकाका अनुसार, प्रधानमन्त्री शाह न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुअघि नै, अर्थात् ८ सेप्टेम्बरभन्दा अगाडि नै आफ्नो भारत भ्रमण सम्पन्न गर्ने प्रयासमा छन्।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पवित्र श्रावण महिनामा नेपालको छोटो धार्मिक भ्रमण गर्न सक्ने संकेत गरेका छन्। सुरक्षा अधिकारीहरूका अनुसार, प्रधानमन्त्री मोदी काठमाडौंस्थित पवित्र पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न र सम्भवतः लुम्बिनीको भ्रमण गर्न विशेष चार्टर उडानमार्फत भ्रमणको तयारी भएको बुझिएको छ ।
जेनजी विद्रोहको जगतमा सम्पन्न निर्वाचनबाट बनेको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भ्रमण छिमेकी भारतबाटै हुने भएको छ । दिल्ली र काठमाडौबीच संवाद निकै बाक्लिएको छ । प्रधानमन्त्री शाहले भारतीय राजदूत र चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालयमार्फत एक्ला एक्लै भेट दिने भएका छन् ।
विगतमा प्रधानमन्त्रीकै निजी निवास बालुवाटारको बेडमै दूतहरु पुग्ने गर्दथे । प्रधानमन्त्रीसंग सहसचिव स्तरको दूतले हाकाहाकी बेडमै पुगेर धम्काउँथे । तर, यस पटक बालुवाटारको दृष्य बदलिएको छ । विगतमा बालुवाटारका अविरजात्रा, बधाइ र शुभकामनाका लागि मानिसहरुको भीड लाग्थ्यो । बालुवाटार भरिभराउ हुन्थ्यो । यस पटक बालुवाटार सुनशान हुन्छ । प्रधामन्त्री बालेन्द्र शाह सिंहदरबारबाटै काम गर्दछन् ००००








