१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

मिडिया सोसाईटीको कोषाध्यक्षमा डा जनकराज पन्त सर्वसम्मत


१८ श्रावण २०८२, शनिबार  


नेपाल मिडिया सोसाइटीको कोषाध्यक्षमा डाक्टर जनकराज पन्त चयन भएका छन् ।

मिडिया सोसाईटीको शुक्रबार सम्पन्न २२औँ वार्षिक साधारण सभाबाट पन्त कोषाध्यक्षमा चयन भएका हुन्।

सञ्चार उद्योगमा लामो अनुभव संगालेका ,अनुभवी व्यक्तित्व डाक्टर पन्त टिभी टेलिभिजनका कार्यकारी अध्यक्ष समेत हुन्।

मिडिया उद्योगमा सफल उद्यमीको रूपमा स्थापित पन्तसहित साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ।

नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै सात बुँदे ‘काठमाडौं घोषणा–२०८२’ सार्वजनिक गरेको छ।

चार वर्षे कार्यकालका लागि गठन भएको नयाँ कार्यसमितिको अध्यक्षमा आर्थिक अभियान दैनिकका मदन लम्साल चयन भएका छन्। उपाध्यक्षमा धर्मराज भुसाल (हिमालय टिभी) र महेश स्वार (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे) चयन भएका छन्।

सदस्यहरूमा डा. बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक), निकिता पौडेल (गोपीकृष्ण टिभी फिल्मी), विनोद पौडेल (मिसन टुडे), सुरेन्द्रबहादुर सिंह (गौरीशंकर टिभी), कृष्णज्वाला देवकोटा (नयाँ पत्रिका दैनिक) र राजन पोखरेल (द हिमालयन टाइम्स) चयन भएका छन्।

सभाबाट संस्थापक अध्यक्ष कैलाश सिरोहीया (कान्तिपुर मिडिया ग्रुप) र क्याप्टेन रामेश्वर थापा (अन्नपूर्ण मिडिया नेटवर्क) सल्लाहकार समितिमा चयन गरिएका छन्।

प्रकाशित मिति : १८ श्रावण २०८२, शनिबार  २ : ०४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित