२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

चुमभ्यालीबाट फर्किए प्रकाश तामाङ, विदाइपछि कति पाए पारिश्रमिक ?


१३ भाद्र २०८१, बिहिबार  


३५ वर्षपछि घर फर्किएका प्रकाश तामाङलाई विदाइ गरिएको छ। काले मोक्तान भनिने प्रकाशलाई आज गोरखाको चुमनन्रवी गाउँपालिकाबाट विदाइ गरिएको हो । केही दिन अघि एक यूट्यूब च्यानल हेर्ने कथा’ कोे माध्यमबाट उनी भेटिएका थिए ।

३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’लाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेका हुन्। उनी विदाइपछि आफ्नो गृहजिल्ला भोजपुरका लागि बाटो लागेका छन् ।

प्रकाशको बिदाईमा वडा नम्बर ७ छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, स्थानीय प्रहरी चौकी र अगुवाहरू भेला भएका थिए । चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहू टासी लामाले पारिश्रमिक स्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले पनि १ लाख रूपैयाँ दिनेछ । प्रकाशको बैंक खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिने गरी विदाइ गरिएको वडाध्यक्ष लामाले जानकारी दिए ।

उनले आफू काठमाडौंमै भएकाले प्रकाशलाई यहाँ आएपछि प्रधानमन्त्रीसँग भेटाएर भोजपुर पठाइने बताएका छन् । प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए ।

दशैंमा फेरि फर्किने वाचासहित पोहोर चुमभ्याली फर्किएका प्रकाशलाई नागरिकता साथै रोजगारीको सहयोगका लागि चौतर्फी ढाडस मिलेपछि प्रकाश आजै भोजपुरतर्फ लागेका हुन् ।


उता नेकपा माओवादी केन्द्रले पनि उनलाई सघाउने भएको छ। पूर्व मन्त्री सुदन किराँतीको पहलमा उनका लागि जग्गा समेत व्यवस्था गरिएको छ। माओवादी जनप्रतिनिधिहरुको सहयोगमा उनलाई आवासका लागि घर बनाइदिने भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ६ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित