कुलमान घिसिङ त्यस्ता पात्र हुन्, जसले ३५ अर्ब वार्षिक घाटामा गएको प्राधिकरणलाई पुर्नजीवन दिए ।
यतिबेला प्राधिकरणले ४७ अर्बको नाफा गर्दै आएको छ। कुलमानको ८ वर्षको यस अवधिमा नेपालमा ८ सय मेगावाट जडिट विद्युत क्षमता यतिबेला ३५ सय मेगावाट माथि पुगेको छ।
अधिकांश सरकारी संस्थानहरु राजनीतिक भर्तीकरणका कारण तन्नम भइरहेको छन्। यस्तो बेलामा पनि नेपाल विद्युत प्राधिकरणलाई पुर्न जिवन कुलमानले दिएका छन् ।
तर, ओली सरकारले उनलाई हटाउन अनेकन बाहना गरिररहेको छ। सरकारले प्राधिकरणलाई आवस्यक पर्ने बजेट समेत दिन नसक्ने अवस्थामा सरकारले बक्यौता मिनाह गर्न कुलमानमाथि कारबाहीको तरबार देखाइरहेको छ।
बक्यौता उठाउन नसके प्राधिकरणलाई मात्रै नोक्शान होइन, समग्र अर्थतन्त्रमा पनि गम्भीर असर पुग्ने बताउँछन् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ।
उनले ६ वर्षदेखि नउठेको बक्यौता रकम उठाउन खोजेका हुन्। मासिक ८ अर्बको हाराहारीमा विद्युत खरिद हुन्छ, निजी क्षेत्रबाट । यस्तो अवस्थामा पनि सीमिति माफियाहरुको संरक्षणका लागि बक्यौता उठानुलाई ओली सरकारले राजनीतिकरण भयो भन्दै उल्टै उनीमाथि आरोप लगाउँछन्, उर्जामन्त्री दीपक खड्का।
जसले राम्रो काम गरिरहेको छ। उसैलाई खेद्छन् हाम्रा मन्त्री र प्रधानमन्त्री। लाज पटक्कै मान्दैन। जलविद्युत आयोजनामा अनियमितता भएको उजुरी छन् उनी विरुद्ध। स्काउटको जग्गाको लीज भाडा समेत नतिरेका यीनै मन्त्री दीपक खड्का कुलमान घिसिङमाथि यस्ता आरोप लगाउँछन्। जो चोर उसकै ठूलो स्वर भने झै उनी गएको साउनमा मन्त्री भएदेखि निरन्तर कुलमान विरुद्ध यस्तै जालझेल र विषबमन गर्दै आएका छन्।
मन्त्रीका यस्ता प्रतिशोधी र माफिया पोस्ने अभिव्यक्तिलाई जनताले राम्रोसंग चिनेका छन्। किनकी अध्याँरो नेपाललाई यीनै कुलमानलाई उज्यालो नेपाल बनाएका थिए । जब कुलमान २०७३ भदौ २९ गते प्राधिकरणमा छिरे तबदेखि नेपालको विद्युत उत्पादन तथा विस्तारको प्रगति यतिबेला उल्लेख्य छ। जतिबेला कुलमान प्राधिकरणमा छिरे । त्यत्तिबेला ६० प्रतिशत पनि विद्युत सेवा विस्तार भएको थिएन। गएको ८ वर्षमा करिब ९९ प्रतिशत विद्युत सेवा विस्तार भएको छ। तर, उनको दोश्रो कार्यकाल सकिने थोरै अवधि भैसकेको बेलामा पनि उनलाई बारम्बर ओली सरकारले चिथोरिरहन्छ।
अख्तियारबाट करिब जस्तापातामा ७० करोड भ्रष्टाचारको आरोपले डामिएका पूर्व सचिव अर्जन कार्कीलाई प्राधिकरणको कार्यकारीमा नियुक्त गर्ने यीनको योजना खुलासा भएको छ। यति मात्रै होइन, यीनले कांग्रेसको १५ औ महाधिवेशनमा सभापतिका आंकाक्षी शंशाक कोइरालालाई भावी सभापति बनाउन एक करोड रकम संकलन गर्नुपर्ने भएकोले कुलमान हटाउन लागेको भनी दिएको अभिव्यक्ति पनि सार्वजनिक भएको छ।
२२ अर्ब विद्युत बक्यौता नतिर्ने ठगहरुलाई बोकेर हिडिरहेका दीपक खड्काको कदपप्रति कांग्रेसभित्र विमति छ। कांग्रेसका नेता डा। शेखर कोइरालाले कुलमानलाई चलाउन गलत भएको बताउँछन्,कांग्रेस डा.शेखर कोइराला ।
यीनी उर्जामन्त्री खड्का कांग्रेस पूर्व महामन्त्री शंशाक कोइरालाका निकटस्थ मानिन्छन्। उनै कोइरालालाई रिझाएर मन्त्री पद हत्याएका उनको कुलमान हटाऔ अभियान निरन्तर अघि बढीरहेको छ। गएको सोमबारको मन्त्री परिषद् बैठकमा लिखत प्रस्ताव लिएर गएपनि पेश गरेनन्। उनका यस्ता कदमप्रति उर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङले समेत विमति मात्रै राखेका छैनन्। काम गरिरहेका कुृलमान हटाउने कदम गलत भएको भन्दै सम्झाएको बताउँछन् उर्जा राज्यमन्त्रीपूर्णबहादुर तामाङ।
अमूक स्वार्थ समूहलाई पोस्न लागि परेका दीपक खड्का बहालवाला उर्जा मन्त्री भएयता अख्तियारमा दर्जनौ उजुरी परेका छन्। सत्ताबाट मिल्काइएको भोलिपल्टदेखि ग्रहदशा शुरु हुन सक्छन्। भने जनता उनको कदमप्रति आगो छ। यति जोखिम हुँदा हुँदै पनि आगोमा हात हालेर आफ्नै राजनीति समाप्त पार्न आफै लागेको प्रष्ट देखिदैन ?








