११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा, श्रीमती सञ्जु श्रेष्ठ पक्राउ !


७ पुस २०८२, सोमबार  


एमाले नेता ऐन महर एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उनी रिहा हुँदा उनकी श्रीमती सनुजा श्रेष्ठ पक्राउ परेकी छन् । प्रहरी वृत्त,सोह्रखुट्टेबाट खटिएको टोलीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो ।

युवतीको चरित्रहत्या गरेको आरोपमा गएको भदौमा समातिएका महर हाजिरी जमानीमा छुटेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गएको मंसिर २१ गते साइबर ब्यूरोलाई पत्राचार गरेको थियो ।

यही आदेशबमोजिम पक्राउ परेका उनलाई न्यायाधीश उमानाथ गौतमको एकल इजलासले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अस्कल क्याम्पसको उपप्राध्यापकसमेत रहेकी एमाले नेत्री तथा महरकी श्रीमती सञ्जु श्रेष्ठलाई पनि यही कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ०६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित