यी मानिस हुन्, कांग्रेसका नेता तथा निवर्तमान उर्जामन्त्री दीपक खड्का । हेर्दा निकै भलाद्मी देखिने सधै ढाका टोपी लगाउने यी मानिस सादगी झै देखिन्छ । तर, जेनजी आन्दोलनपछि उनको घर जलाइयो।
खड्काले घरमा भकारी बनाएर राखिएका पैसा आन्दोलनकारीले जलाए । सम्पत्ति शुद्धीकरण विभागको राडारमा समेत रहेका उनले त्यसरी जलाइएको पैसामा भ्रम छरिएको बताएका छन् । बीस पच्चिस वटा नोट देखाएर भ्रम फैलाइएको उनी दाबी गर्छन्।
ठेकेदारी व्यवसायबाट राजनीतिमा जमेका यीनी पछिल्लो समय जेनजी आन्दोलनका कारण धपाइएका थिए । सेनोको रेखदेखमा लुक्दै आएका यी लगायतका मन्त्री विस्तारै सार्वजनिक भइरहेका छन्। सकारले सम्पत्ति शुद्धीकरणको प्रक्रिया अघि बढाइरहेका बेलामा कांग्रेस नेता खड्का पनि एक महिनापछि बल्ल झुल्किएका हुन् ।
विभिन्न जलविद्युत आयोजनामा कमिसन लिएको आरोपमा अख्तियारमा समेत यीनी विरुद्ध मुद्दा विचाराधीन छ । अकुत सम्पत्ति कमाएको आशंकामा यीनीसहित आरजु राणा र तीन पूर्व प्रधानमन्त्रीहरु ओली, प्रचण्ड र देउवा छानबिनको दायरमा छन् । सरकारको पहिलो फायरको निशानामा परको यीनिै खड्काले भने आर्थिक हैसियत भएको नेता भन्दै घरमा पैसा नहुने कुर भएन भन्दै चुनौति दिन्छन् ।
यीनै खड्का सरकारको भगौडा सूचीमा थिए, गृहमन्त्री अर्यालले उनी भागेको अभिव्यक्ति दिएका थिए । यद्यपि खड्काले आफू नभागेको दाबी गरेका छन् ।उनले परिवारको उपचारका लागि भारत गएको र नभागेको बताएका छन्। सोमबार बुढानिलकण्ठस्थित आफ्नै घरमा उपस्थित भएका उनले आन्दोलनपछि केही समय तराई गएको र परिवारलाई डेंगी भएपछि नयाँदिल्ली गएको बताएका हुन्। आफुविरुद्ध वारेन्ट पनि जारी नभएको र राज्यले कँही नजानु समेत नभनेको उनको भनाई छ।गएको २४ भदौको जेनजी आन्दोलनमा उनको घरबाट ठूलो मात्र पैसा भेटिएको भिडियो सार्वजनिक भएको थियो। जून विषयमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान गरिरहेको छ।
यीनै खड्का त्यस्ता मन्त्री हुन्। करिब १४ महिनाको अवधिमा प्राधिकरणबाट कुलमान हटाउने र ठूला ठूला जलविद्युत आयोजनामा कसिमन कुम्ल्याउने आरोप लागेको थियो । जगदुल्लामा १६ अर्बको लेनादेना गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी पुगेको थयो । उज्यालो नेपालका नायक तथा विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई गएको साल २०८१ चैत १२ पद मुक्त गरेका थिए ।
२२ अर्ब बढीको विद्युत वक्यौता उठाउन खोज्दा यीनै नविर्तमान मन्त्री पद खड्काले कुलमानलाई हटाएका थिए । मन्त्री पदमा मा नियुक्ति भएदेखि उनी र ओलीको योजनामा हालका उर्जामन्त्री कुलमानलाई जबरजस्ती पदमा मुक्त गरिएको थियो । विवादास्पद पृष्ठभूमिका पात्र पूर्वमन्त्री दीपक खडका सोमबार बिहान झुल्किएका हुन् । जेनजी आन्दोलनपछि बेपत्ता भएका उनै पूर्वउर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का आइतबार मात्र स्वेदश फर्किएको पाइएको छ ।
उनी भारतबाट सडकमार्ग हुँदै झापाबाट काठमाडौं आएका हुन् । विमानस्थलको अभिलेख अनुसार खड्का आइतबार दिउँसो ४ बजे झापाको भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं आएका पाइएको छ। पूर्व मन्त्री खड्का भागेर अमेरिका गएको र अरु पनि जाने तरखरमा रहेको कुरा गएको आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका थिए। ००००








