३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

हेमलता जिसी, काठमाडौ जिल्ला अदालत बारको ‘काविल’ कोषाध्यक्ष उम्मेदवार


२७ असार २०८२, शुक्रबार  



बीस वर्षअघि स्थानीय एफएमबाट पत्रकारितामा प्रवेश गरेकी पात्र हुन्, हेमलता जिसी। ग्रामीण विकास तथा प्रशासनमा स्नाकोत्तर गरेकी उनले कानुनमा स्नातक गरेकी छिन्।

पश्चिम नेपालको नेपालगन्जमा जन्मिएर शिक्षा दीक्षा लिएकी जिसी यतिबेला काठमाडौ जिल्ला अदालत बार एशोसियनको कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छिन्।

करिब ३ वर्षदेखि वकालत गर्दै आएकी उनी पत्रकारितासंगै कानुनी व्यवसायलाई अघि बढाएकी छिन्। व्यवसायीक प्रतिवद्धता र लगावकी पात्र जिसी सामाजिक क्षेत्रहरुमा पनि क्रियाशील छिन्। घरपरिवारको पाँच सन्तान मध्यकी कान्छी छोरी हुन् हेमलता। मानवअधिकारको सवाल र अधिकारको लागि इन्सेकको क्षेत्रीय कार्यालय धनगढी समेत काम गरेको उनीसंग अनुभव छ। अत्यन्तै मृदुभाषी स्वभावकी उनी सधै महिला अधिकारको पक्षमा वकालत गर्ने गर्दछिन्।

सधै भुँइ मान्छेहरुको पीडा, दुख र दर्दमा सारथि बन्ने हेमलताको पेशागत तथा सामाजिक संलग्नताका धेरै आयामहरु छन्। स्थानीय एफएमदेखि राष्ट्रिय टेलिभिजनहरुमा कुशल सम्वादता तथा प्रस्तोताको अनुभव संगालेकी उनी यतिबेला पहिलो पटक काठमाडौ जिल्ला अदालत बार एशोसियनको पदाधिकारी तहको कोषाध्यक्ष पदका लागि उम्मेदारी दिएकी छिन्।


जिल्ला अदालत काठमाडौं बार एसोसिएसनको अध्यक्ष पदका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) का तर्फबाट अधिवक्ता सुरेन्द्र तिवारी नेतृत्वको प्यानल घोषणा भएको छ । हेमलता यही प्यानलमा उनी कोषाध्यक्ष पदकी उम्मेदवार हुन्।

यही असार २८ गते शनिबार हुने निर्वाचनका लागि तिवारी समूहबाट उपाध्यक्षमा रिता पोखरेल, सचिवमा मैयाँदेवी दाहाल, कोषाध्यक्षमा हेमलता जीसी उम्मेदवार छन् ।सदस्यमा देवेन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ ।

युवा पुस्ताको ऊर्जा र पुराना पुस्ताको अनुभवबीच कडा र रोमाञ्चक प्रतिस्पर्धा हुने भनिएको जिल्ला बार निर्वाचनमा पीपीएलएद्वारा खडा गरिएका सबै उम्मेदवार युवा पुस्ताका छन् ।कोषाध्यक्षको उम्मेदवार जिसीको क्रमसंख्या २ छ । निर्वाचनलाई चासोको साथ हेरिरहेका युवा कानुन व्यवसायी अनिष बस्नेत भन्छन्, ‘यसपटकको निर्वाचन काठमाडौं बारका मतदाताका कानुन व्यवसायीका निम्ति एक महत्त्वपूर्ण छनोटको अवसर बनेको छ।’


काठमाडौँ जिल्ला अदालत बार एशोसिएशनको कार्यसमिति निर्वाचन २०८२ का लागि अधिवक्ता हेमलता जिसी कोषाध्यक्ष पदमा ९क्र।सं। १० उम्मेदवार भएकी छन्।प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अधिवक्ता सुरेन्द्र तिवारी नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएकी हेमलता जिसीले कानून व्यवसायमा आफ्नो सक्रिय सहभागिता, इमानदारी, र पेशागत उत्तरदायित्वका आधारमा निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गरेकी छन्।

हेमलता जिसीले पेशागत दक्षता र संस्थागत पारदर्शितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै, “बार एशोसिएशनको वित्तीय पक्षलाई मजबुत, पारदर्शी र उत्तरदायी बनाउने मेरो मुख्य उद्देश्य हो”, भनी बताएकी छन्।उनले सम्पूर्ण कानून व्यवसायी साथीहरूलाई आफ्नो प्यानललाई अत्याधिक बहुमतले विजयी गराइदिन अपिल गरेकी छन्।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित