३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

रास्वापा नेता डा. पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश


१३ भाद्र २०८२, शुक्रबार  


राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका थिए ।

उनीविरुद्ध अनुसन्धान गर्नका लागि अदालतले ४ दिनको म्याद थप गरेको थियो ।

वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ४ : १६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित