८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

खस्किदै गुडविल फाईनान्स,तीन वर्षदेखि लगानीकर्ताले पाएनन् लाभांश !


१९ कार्तिक २०८१, सोमबार  


गुडविल फाइनान्स एउटा त्यस्तो वित्तीय संस्था हाे,जसले एकताका लगानीकर्तालाई २६ प्रतिशतसम्म लाभांश वितरण गर्दथ्याे, जसका कारण लगानीकर्ता आकर्षित हुन्थे ।तर, पछिल्लो समय गुडविलकाे बजार ह्वात्तै खस्किएको छ।

गुडविलले गएको तीन वर्षदेखि लगानीकर्तालाई लाभांश दिएको छैन । यद्यपि यस कम्पनीको सेयरमूल्य भने एक हजारभन्दा बढी छ । कुनै समय लगानीकर्तालाई २६ प्रतिशतसम्म लाभांश दिएको यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ यता लाभांश नदिएको यश कम्पनीले आर्थिक वर्ष २०७७/७८ लगानीकर्तालाई कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । 

गएकाे आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा कम्पनीले १४ करोड ८४ लाख रुपैयाँ नाफा गरेको भए पनि लाभांश वितरण गर्न सकेन । किनभने यस कम्पनीको वितरणयोग्य मुनाफामा समेत ऋणात्मक देखिएको छ ।

कम्पनीले गरेको नाफाबाट वितरणयोग्य मुनाफा खातामा राख्नुपर्ने भएकाले यस कम्पनीमा लागनी गर्ने सेयरधनीले लाभांश पाउँदैनन् । तर, दोस्रो बजारमा भने यस कम्पनीको सेयर एक हजारभन्दा बढीमा खरिद गरिरहेका छन् । निरन्तर ऋणात्मक बनेको गुडविलकाे खस्कदाे अवस्थाले लगानीकर्ताकाे लगानी पनि जाेखिममा पर्न सक्ने पूँजी बजारका जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित