३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

नबिल बैंक ४२औं वर्षमा प्रवेश,वित्तीय साथै सामाजिक तथा वातावरणीय क्षेत्रमा उल्लेखनीय योगदान


२८ असार २०८२, शनिबार  


मुलुकको अग्रणी वाणिज्य बैंक नबिल बैंक ४२ वर्षमा प्रवेश गरेको छ। बैंक ४१औं वर्ष पूरा गरी ४२ औं वर्षमा प्रवेश गरेको हो ।

सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको अतुलनीय योगदान पुराएको छ।

बैंकले आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

बैंकले सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँद नेपालको पहिलो नम्बरको बैंकका रुपमा आफूलाई स्थापित गरेको छ । बैंकले वित्तीय सेवा मात्र नभइ सामाजिक र वातावरणीय क्षेत्रमा पनि उत्तिकै योगदान दिएको छ। व्यवसायीकसंगै सामाजिक उत्तरदायित्वलाई हृदङयगम गरी दिगो बैंकिङलाई पनि प्राथमिकता दिँदै आएको छ ।

४१औं वार्षिकोत्सवका अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० मनोज कुमार ज्ञवालीले नबिल बैंकले राष्ट्रको आर्थिक समृद्धिमा आफ्नो निरन्तर योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा पनि उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि पनि आभार व्यक्त गरे ।

स्थापनादेखि नै कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह गर्ने पहिलो संयुक्त लगानी बैंकको रूपमा परिचित नबिलले आजको डिजिटल युगसम्म आइपुग्दा प्रविधि प्रयोगमा अग्रणी स्थान बनाउन सफल भएको छ । मुलुकको आधुनिक बैंकिङका लागि पर्याय बनेको नबिलले सरकारको मौद्रिक तथा राजस्व नीतिअनुरुप वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले विगत चार दशकमा आफ्नो पहुँच र प्रभाव दुवैलाई विस्तार गर्दै अगाडि बढेको छ ।

बैंकले २०८२ असार २६ सम्म कूल ४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा व्यवस्थापन गरेको छ भने ५ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । बैंकले सुरुआती दिनदेखि आजसम्म वित्तीय क्षमता मात्र नभइ ग्राहकको विश्वास र संस्थाको मजबुत आधारशिला स्थापना गरेको छ ।

यस अवधिमा विकासको दृष्टिकोणले महत्वपूर्ण मानिने क्षेत्रहरूमा बैंकको कर्जा प्रवाह उल्लेखनीय देखिन्छ । जस्तै, जेष्ठ मसान्त सम्ममा कृषि क्षेत्रमा ४९ अर्ब ५० करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४० अर्ब रुपैयाँ ३ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादनमा सहयोगी हुँदै, सूक्ष्म, लघु, साना तथा मझौला उद्यममा ३८ अर्ब ५० करोड रुपैयाँ र ब्याज अनुदानित योजनामार्फत ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएको छ । यी लगानीहरूले उत्पादन वृद्धिसँगै रोजगारी सृजनामा समेत योगदान पुर्‍याएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  २ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित