२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

उघ्रिदै सहकारी ठगी प्रकरण ,तानिए एमाले नेता ऋषिकेष पोखरेल पनि


२८ भाद्र २०८१, शुक्रबार  


प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा ९एमाले० का नेता ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा मुछिएका छन् । श्रीमतीसँग मिलेर मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा हिनामिना गरेको आरोप उनीमाथि लागेको हो ।

विद्युत वक्यौताको विषयमा निकै कुर्लिएका उनी सहकारीबाट १२ करोड रूपैयाँ हिनामिनामा तानिएका हुन। विद्युत प्राधिकरणमा वक्यौता रकमको निहुँमा कुलमान हटाउने अभियान लागेका उनी विरूद्ध छानबिनका लागि विभिन्न निकायमा उजुरी परेको छ ।
यश सहकारीमा उनकी पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य थिइन् । अञ्जला सञ्चालक भएकै बेला सहकारीमा रकम हिनामिना भएको हो ।

बिना धितो केही सञ्चालकले सहकारीको रकम हिनामिना गरेका हुन् । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार यही मुद्दामा एक पटक पक्राउसमेत परिसकेका छन् । तर, सर्वसाधरणले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् । अञ्जला आफैं पनि सहकारीको कालोसूचीमा छिन् ।

सहकारीको कर्जा चुक्ता नगर्दा उनी कालोसूचीमा परेकी हुन् । यद्यपि, सो सहकारीमा अध्यक्षले अनियमितता गरेको र आफू देखावटी सञ्चालक मात्र भएको उनको दाबी छ । अञ्जला शिक्षक समेत हुन् । सहकारीका अध्यक्ष रौनियार सांसद पोखरेलका साथी हुन् । सोही आधारमा अञ्जला सञ्चालक बनेकी थिइन् ।

सांस,द पोखरेलले भने सो सहकारीमा भएको हिनामिनाबाट आफू पनि पीडित बनेको बताए । तर श्रीमती सञ्चालक भएकाले संस्थाको हिनामिनामा उनी तानिने प्रष्ट देखिन्छ ।

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि यो सहकारी हाल बन्द छ भने बचतकर्ताले आन्दोलनको तयारी गरेका छन।कांग्रेस उपसभापति धनराज गुरूङपछि एमाले नेता ऋषिकेश पोखरेल सहकारी ठगीमा मुछिएका हुन्।संसद शक्तिशाली समिति सभापति रहेका उनीमाथि नैतिक समेत उठेको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ८ : २३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित