यी मानिसको नारा हो, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियान । यस्ता अभियानको संयोजक हुन्, विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई । यस अघिका मितिमा विभिन्न अभियोग लागेर प्रहरी खोरमा पुगेका प्रसाई यतिबेला सुकुम्बासी उचाल्दै छन् । जेनजी आन्दोलनपछि उनको उत्तेजनाको रणनीति बदलिएको छ।
ओली र प्रचण्डको काखमै हुर्किए प्रसाइँको निशाना यतिबेला प्रधानमन्त्री सुशीला कार्की र काठमाडौ महानगरका मेयर बालेन विरुद्ध छ ।उनै विवादास्पद मेडिकल व्यवसायीले गएको आइतबार मनोहर किनारामा पुगेर बालेनको घर जलाउन भन्दै यस्तै भड्काईरहेका छन्।
प्रारम्भमा वित्तीय क्षेत्रहरुलाई धम्काउँदै आएका उनी यतिबेला भने सत्ताको केन्द्रमा रहेकाहरुलाई मुख्य निशाना बनाउन थालेका छन् । फेक डकुमेन्ट युट्युबरसामू सार्वजनिक गर्दै सामाजिक सन्जालमा चर्चा बटुलेका प्रसाईले यही आउँदो मंसिर ७ गते राजा फर्काउन भन्दै निर्णायक आन्दोलनको घोषणा समेत गरेका छन् । विशेष गरी मेडिकल कलेजको सम्बन्धन नपाएपछि रुष्ट बनेका प्रसाईको कुनै राजनीतिकक चरित्र भएका मानिस भने होइनन् । भीडलाई उत्तेजित बनाउने र त्यसैमा रमाउने उनको शैली र प्रवृत्ति हो ।
केही दिन अघि भारत पुगेका उनलाई भारतीय अध्यागमनले करिब एक घण्टा केरकारमाा राखेको थियो ।तैपनि उनले आफूलाई केराकार नगरेको भन्दै बचाउ गरेका थिए । राजा फर्काउन र हिन्दू राज्य बनाउन भन्दै उनी गएको तीन वर्षदेखि सडकमै छन् । शुरुमा लघुवित्त पीडितहरुको समर्थन पाएका प्रसाई यतिबेला क्रमश कमजोर हुँदै गएका छन् । बैक तथा वित्तीय क्षेत्रबाट ऋण लिएर नतिर्नेहरुको भीड उनको पछि छ।
प्रसाईंले यतिसम्म सर्वसाधारणको बुद्धी भुटेका छन्की राजसंस्था फर्कियो भने २० लाख रुपैयाँसम्मको ऋण मिनाहा, त्यसभन्दा बढी ऋण ५ प्रतिशत ब्याजमा २५ वर्षमा तिर्ने मौका पाउनुपर्ने व्यवस्था गर्ने आश्वासन दिएका छन् । जबकी यति ठूलो रकम मिनाह गर्ने कुरा कल्पना बाहिरको बकबास हो ।
पहिलो कुरा उनले भने जस्तो राजनसंस्था फर्किनेवाला देखिन्न । यदि राजसंस्था फर्किएपनि देशको ढुकुटी थेग्न सक्ने विषय नै होइन । तर, प्रसाईले सोझासाझा जनतालाई यस्ता ललिपप देखाएर भ्रममा पारिरहेका छन् । उनै भ्रमको खेती गर्दै आएका अनि आफूलाई राजा सरह ठान्ने प्रसाईको पछिल्लो अभिव्यक्तिले समाजमा हिंसा भड्काउने देखिन्छ । यसर्थ यस्ता अभिव्यक्ति दिने अराजक पात्रलाई सरकराले बेलैलमा थान्को पो लाउने की ?








