२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैक, जाेखिममा निक्षेपकर्ताकाे बचत !


१२ मंसिर २०८१, बुधबार  



नेपाल राष्ट्र बैकले कर्णाली डेभलपमेन्ट बैकलाई वित्तीय संस्था शीघ्र सुधारात्मक सम्बन्धि कारबाही गरेको छ।

बैंकको न्यूनतम शर्तहरू पूरा गर्नेगरी नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको हाे ।

बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले समस्याउन्मुख घोषणा गरेको हाे।

राष्ट्र बैंकले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा समस्याउन्मुख घोषणा गरेको जनाएको छ ।

यो सँगै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको छ ।

बैंकमा २०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षण गरिएको थियोे । यसैको प्रतिवेदन अनुसार कर्णाली डेभलपमेन्ट बैंकको कर्जा जाेखिम र नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने देखिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : ३९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित